
लण्डन । तमुधिँ दक्षिण पूर्व क्षेत्रीय समिति लण्डनले यस वर्ष आयोजना गरेको देउसीभैलोमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेको छ ।
सो संस्थाले ११ र १२ नोभेम्बरका दिन लण्डनको दक्षिण पूर्व क्षेत्रमा देउसीभैलोको आयोजना गरेको थियो । सो अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै देउसी भैलो र विविध सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
सो अवसरमा आफ्नो अमूल्य प्रतिभा प्रस्तुत गर्ने दिदीबहिनी, दाजुभाइहरूलाई धन्यवाद दिँदै संस्थाले संस्थालाई देखाएको माया र सदभावप्रति आभार प्रकट गरेको छ । कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै सहयोगी हातहरुप्रति तमुधिँ दक्षिण पूर्व क्षेत्रीय लन्डन कार्यसमितिले धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तैगरी यस देउसी भैलो कार्यक्रमलाई आ–आफ्नो घरमा निमन्त्रणा गर्ने सहकोषध्यक्ष तथा लुम्बिनी टेलरिङ सेन्टर प्लमस्टिडका प्रोपाइटर श्रीमान/श्रीमती ओमदेवी गुरुङ गुरुङ तथा परिवार, सल्लाहकार तथा डायमण्ड बसद्धिष्ट सेन्टर युकेका अध्यक्ष श्रीमान /श्रीमती योगेश गुरुङ, आजिवन सदस्य श्रीमान /श्रीमती नैना गुरुङ, श्रीमान /श्रीमती खुमबहादुर गुरुङ, संस्थाका वर्तमान अध्यक्ष प्रेम कुमार गुरुङको परिवार, सल्लाहकार तथा बेक्सली नेपाली समाजका संस्थापक अध्यक्ष श्रीमान /श्रीमती केशबहादुर गुरुङ, आजिवन सदस्य श्रीमान /श्रीमती बोलमाया गुरुङ र संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङको परिवारप्रति समाजले धन्यवाद ज्ञापन गरेको छ ।
देउसीभैलोमा उपस्थित भई हौसला दिएकोमा संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, निवर्तमान अध्यक्ष ह्यारी गुरुङ, पूर्व अध्यक्ष क्या. नारायनबहादुर गुरुङ एमभीओ, संस्थापक आमा प्रमुख श्रीमती मायारानी गुरुङ, समाजका सल्लाहकार डम्मरकाजी गुरुङ, पूर्व आमा प्रमुख श्रीमती पार्बती गुरुङ,फेदिखोला समाज युकेका अध्यक्ष हरि गुरुङ र क्वोंने /घोताने समाज युकेको आमा प्रमुख श्रीमती चन्द्रदेवी गुरुङलाई पनि आभार ज्ञापन गरेको छ ।
यस्तै आमा प्रमुख तथा देउसीभैलो संयोजक श्रीमती विन्दु गुरुङलाई उहाँको उदाहरणीय समन्वयका लागि देउसीभैलो खेलिने परिवार, देउसीभैलो टोली गठन गर्न र देउसीभैलो कार्यक्रमलाई सुचारू रूपमा सम्पन्न गर्नका लागि धन्यवाद दिइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण