
लण्डन । पासा पुच गुथी युकेले यसवर्षको म्ह पूजा अल्डरसटस्थित द पालेसमा मनाउने भएको छ ।
मंगलबार नोभेम्बर १४ तारिखमा हुने सो पूजाले नेपालको साँस्कृतिक सम्बृद्धिको अनुभव गर्ने अवसर दिने आयोजकहरूले अपेक्षा गरेका छन् ।
कार्यक्रम सफल बनाउन आयोजकहरूले स्थानीय व्यवसायी तथा व्यक्तित्वहरूलाई सहयोगका लागि अपील पनि गरेका छन् ।
आयोजक समितिका कोषाध्यक्ष श्याम श्रेष्ठका अनुसार ५० पाउण्ड सहयोग गर्ने दातालाई एउटा र १०० पाउण्ड सहयोग गर्ने दातालाई दुई टिकट उपलब्ध गराइनेछ । श्रेष्ठले भने, ूहामी हाम्रा प्रायोजकहरूको सहयोगको उच्च कदर गर्छौं, उहाँहरूको सहयोगले म्ह पूजालाई भव्य रूपमा सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।ू
हालसम्म केशव श्रेष्ठले कार्यक्रममा पानीको प्रायोजन गरेका छन् भने श्याम श्रेष्ठले टिकटिङको । प्रजेश श्रेष्ठले मसालाका प्याकहरू उपलब्ध गराएका छन् भने परशुराम बडगामीले रातो र सेतो वाइनको प्रायोजन गरेका छन्।
साँझ साढे ४ बजेदेखि शुरु हुने सो कार्यक्रममा ५ बजे पूजा शुरु हुनेछ भने ६ बजेदेखि रात्रीभोज शुरु हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि १३ वर्ष माथिकाहरूका लागि २० पाउण्ड र ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाका लागि १० पाउण्ड शुल्क तोकिएको छ ।
आयोजकले कार्यक्रममा भाग लिन वा प्रायोजन गर्न चाहनेहरूलाई पासा पुच गुथी युकेको वेभसाइटमा थप विवरण पाउन सकिने बताएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा