
लण्डन । पासा पुच गुथी युकेले यसवर्षको म्ह पूजा अल्डरसटस्थित द पालेसमा मनाउने भएको छ ।
मंगलबार नोभेम्बर १४ तारिखमा हुने सो पूजाले नेपालको साँस्कृतिक सम्बृद्धिको अनुभव गर्ने अवसर दिने आयोजकहरूले अपेक्षा गरेका छन् ।
कार्यक्रम सफल बनाउन आयोजकहरूले स्थानीय व्यवसायी तथा व्यक्तित्वहरूलाई सहयोगका लागि अपील पनि गरेका छन् ।
आयोजक समितिका कोषाध्यक्ष श्याम श्रेष्ठका अनुसार ५० पाउण्ड सहयोग गर्ने दातालाई एउटा र १०० पाउण्ड सहयोग गर्ने दातालाई दुई टिकट उपलब्ध गराइनेछ । श्रेष्ठले भने, ूहामी हाम्रा प्रायोजकहरूको सहयोगको उच्च कदर गर्छौं, उहाँहरूको सहयोगले म्ह पूजालाई भव्य रूपमा सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।ू
हालसम्म केशव श्रेष्ठले कार्यक्रममा पानीको प्रायोजन गरेका छन् भने श्याम श्रेष्ठले टिकटिङको । प्रजेश श्रेष्ठले मसालाका प्याकहरू उपलब्ध गराएका छन् भने परशुराम बडगामीले रातो र सेतो वाइनको प्रायोजन गरेका छन्।
साँझ साढे ४ बजेदेखि शुरु हुने सो कार्यक्रममा ५ बजे पूजा शुरु हुनेछ भने ६ बजेदेखि रात्रीभोज शुरु हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि १३ वर्ष माथिकाहरूका लागि २० पाउण्ड र ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाका लागि १० पाउण्ड शुल्क तोकिएको छ ।
आयोजकले कार्यक्रममा भाग लिन वा प्रायोजन गर्न चाहनेहरूलाई पासा पुच गुथी युकेको वेभसाइटमा थप विवरण पाउन सकिने बताएको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा