
लण्डन। किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति आसफोर्ड केन्टले २०८० साल तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार भएको सो कार्यक्रम समितिका अध्यक्ष बसुन्धरा नायोंग राईको अध्यक्षता र किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष पूर्व मेजर भुपजित राईको प्रमुख आतिथ्यतामा भएको थियो । साँझ ५ बजे सुरु भएको कार्यक्रमलाई समितिका सचिव डिल्लीराम राईले सन्चालन गरेका थिए ।
समितिका अध्यक्ष तथा प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरला राईले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रममा गायिका मेनुका राई तथा विशाल चौतारीका विसाल राईलाई खादा र प्रशंसा प्रत्रले सम्मान गरिएको थियो।
स्टेजको अगाडीपट्टी सयपत्री, मखमली फूल र विभिन्न रंगले पोतिएको रंगोलीको वरिपरि परिक्रमा गर्दै बलिहांग राजाको नाम लिँदै र बलिहाङ राजाले दिएको हुकुममा देउसी भैली गीत गाएर धुमधाम नाचेका थिए। यो बेलामा सबैले आफ्नो गाऊँघर दाजुभाइ, दिदीबहिनी बाल्यपनका साथीसंगी सम्झेर पुरानो यादहरुतिर फर्केका थिए ।
कार्यक्रममा साँस्कृतिक सचिव चित्र राई तथा सहसचिव कल्पना राई (कुन्जु)ले तयार गरेको विभिन्न देउसीभैलो गीत र नृत्य लगायत विभिन्न लोकगीत र लोक नृत्यले सबैको भरपूर मनोरन्जन दिएको थियो भने अतिथि कलाकार गायिका मेनुका राईको जोडदार प्रस्तुति रहेको थियो भने अन्य मनोरन्जनमा डाईस, त्रिपासा र तासको बन्दोबस्त पनि गरिएको थियो।
कार्यक्रममा विभिन्न जातिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समितिले हरेक वर्ष यसरी नै नेपालीहरुको वार्षिक चाड तिहारको देउसीभैलो कार्यक्रम गर्दै आएको छ । सो दिन आगन्तुक सबैलाई पाहुनाको रुपमा मुख्यद्वारमा खादाले स्वागत गरी खानाको बन्दोबस्त गरिने गरेको छ।
कार्यक्रम राति ११ बजे समाप्त भएको थियो।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा