
लण्डन। किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति आसफोर्ड केन्टले २०८० साल तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार भएको सो कार्यक्रम समितिका अध्यक्ष बसुन्धरा नायोंग राईको अध्यक्षता र किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष पूर्व मेजर भुपजित राईको प्रमुख आतिथ्यतामा भएको थियो । साँझ ५ बजे सुरु भएको कार्यक्रमलाई समितिका सचिव डिल्लीराम राईले सन्चालन गरेका थिए ।
समितिका अध्यक्ष तथा प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरला राईले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रममा गायिका मेनुका राई तथा विशाल चौतारीका विसाल राईलाई खादा र प्रशंसा प्रत्रले सम्मान गरिएको थियो।
स्टेजको अगाडीपट्टी सयपत्री, मखमली फूल र विभिन्न रंगले पोतिएको रंगोलीको वरिपरि परिक्रमा गर्दै बलिहांग राजाको नाम लिँदै र बलिहाङ राजाले दिएको हुकुममा देउसी भैली गीत गाएर धुमधाम नाचेका थिए। यो बेलामा सबैले आफ्नो गाऊँघर दाजुभाइ, दिदीबहिनी बाल्यपनका साथीसंगी सम्झेर पुरानो यादहरुतिर फर्केका थिए ।
कार्यक्रममा साँस्कृतिक सचिव चित्र राई तथा सहसचिव कल्पना राई (कुन्जु)ले तयार गरेको विभिन्न देउसीभैलो गीत र नृत्य लगायत विभिन्न लोकगीत र लोक नृत्यले सबैको भरपूर मनोरन्जन दिएको थियो भने अतिथि कलाकार गायिका मेनुका राईको जोडदार प्रस्तुति रहेको थियो भने अन्य मनोरन्जनमा डाईस, त्रिपासा र तासको बन्दोबस्त पनि गरिएको थियो।
कार्यक्रममा विभिन्न जातिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समितिले हरेक वर्ष यसरी नै नेपालीहरुको वार्षिक चाड तिहारको देउसीभैलो कार्यक्रम गर्दै आएको छ । सो दिन आगन्तुक सबैलाई पाहुनाको रुपमा मुख्यद्वारमा खादाले स्वागत गरी खानाको बन्दोबस्त गरिने गरेको छ।
कार्यक्रम राति ११ बजे समाप्त भएको थियो।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण