
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले आगामी शनिबार ११ नोभेम्बर मा बिहान १०:३० बजेदेखि रेमेम्बरेन्स डे मनाउने भएको छ ।
कम्युनिटीका अध्यक्ष मन गुरुङले दिएको जानकारीअनुसार बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा भेट भई मार्च पास गरी भिक्टोरिया क्रस (भिसी) विजेता कुलवीर थापामगरको शालिक अगाडी जम्मा हुने कार्यक्रम छ । त्यहाँ पण्डित पवन दाहाल र लामा गुरु खेन्पो कर्मा चुस्त्रिमले अस्तमंगलम मन्त्र पढी आत्मा शान्ति गर्ने र भिसी शालिकमा पुष्पगुच्छा (रिथ) माल्यार्पण गरिने छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रश्मोर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड छन् । साथमा नेपाली कम्मुनिटीका नेताहरू र विभिन्न पार्टीका प्रतिनिधिहरु रहने छन्।
कार्यक्रमको संयोजक क्या रि ग्यारी घले रहनुभएको छ भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि खिम गौचन र कार्यबाहक महासचिव सुशिला थापा मगरले सहयोग गरिरहनु भएको छ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण