
लन्डन । नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक तथा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले परिषदका साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा गर्नुभएको छ ।
पश्चिम लन्डनको एक्टनस्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा आचार्यले मानव कल्याणकारी कार्यमा आर्थिक सहयोग पुर्याई भावनात्मक सहानुभूति र सहयोग गर्नुहुने संस्थाका पदाधिकारी तथा सदस्यहरूको परोपकार ीकार्यको सराहना गर्नुहुँदै प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो ।
यसरी सम्मानित हुनेहरुमा डा.राघवप्रसाद धिताल ओबीई, डा.जनककुमारी धिताल, हरिसिँह थापा, खगेन्द्र नेपाली, ध्रुव केसी, मदन थापा, विजय थापा, मनोज अन्जान, ज्ञानेन्द्र राउत, डम्वर सुव्वा, विन्दू सुव्वा, वीरेन्द्र कुँवर, कोमल मल्ल हुनुहुन्थ्यो भने बाँकी अरू पदाधिकारीहरूलाई आगामी कार्यक्रमहरुमा क्रमश प्रशंसापत्रबाट सम्मानित गरिने भएको छ ।
विभिन्न समयमा नेपालमा आर्थिक सहयोगको आवश्यक परेका बेलामा परिषद्ले परिषदमा आवद्ध रहेका पदाधिकारीहरूबाट सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएको छ । गत महिना मात्र नेपालमा ल्यूकेमिया उपचारका विरामीलाई करिब दुई लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण