
लन्डन । नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक तथा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले परिषदका साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा गर्नुभएको छ ।
पश्चिम लन्डनको एक्टनस्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा आचार्यले मानव कल्याणकारी कार्यमा आर्थिक सहयोग पुर्याई भावनात्मक सहानुभूति र सहयोग गर्नुहुने संस्थाका पदाधिकारी तथा सदस्यहरूको परोपकार ीकार्यको सराहना गर्नुहुँदै प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो ।
यसरी सम्मानित हुनेहरुमा डा.राघवप्रसाद धिताल ओबीई, डा.जनककुमारी धिताल, हरिसिँह थापा, खगेन्द्र नेपाली, ध्रुव केसी, मदन थापा, विजय थापा, मनोज अन्जान, ज्ञानेन्द्र राउत, डम्वर सुव्वा, विन्दू सुव्वा, वीरेन्द्र कुँवर, कोमल मल्ल हुनुहुन्थ्यो भने बाँकी अरू पदाधिकारीहरूलाई आगामी कार्यक्रमहरुमा क्रमश प्रशंसापत्रबाट सम्मानित गरिने भएको छ ।
विभिन्न समयमा नेपालमा आर्थिक सहयोगको आवश्यक परेका बेलामा परिषद्ले परिषदमा आवद्ध रहेका पदाधिकारीहरूबाट सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएको छ । गत महिना मात्र नेपालमा ल्यूकेमिया उपचारका विरामीलाई करिब दुई लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा