
आसफोर्ड । बेलायतको आसफोर्ड केन्टस्थित सगरमाथा गोर्खा/नेपाली सामाज आश्फोर्ड केन्टले विक्रम सम्वत २०८० साल दशैँ /तिहार संयुक्त कार्यक्रम आयोजना गरी मनाएको छ ।
४ नोभेम्बर २०२३, शनिबारको दिन सेन्ट साइमन हल आसफोर्डमा भएको सो कार्यक्रम समितिका अध्यक्ष डम्बर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा स्थानिय मेयर ल्यारी क्रस हुनुहुन्थ्यो भने विशेष अतिथिमा सांसद दामियन ग्रीनका साथै विभिन्न स्थानिय राजनीतिक पार्टीका प्रमुख वा प्रतिनिधिहरु अतिथिको रुपमा आसिन हुनुहुन्थ्यो । अपरान्ह ४ः३० बजे हलको ढोका खोलिएको भएता पनि कार्यक्रमलाई समितिका महासचिव रामप्रसाद लिम्बुले साँझ ६ः३० बजे औपचारिक रुपमा कार्यक्रम सुरु गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र विशेस अतिथिको बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष मोहन लिम्बुले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसुन्धरा नयोंग राईले कार्यक्रम सफल गराउनको लागी अहोरात्र खटिनु हुने समितिका सदस्य तथा सहयोगी र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो।
औपचारिक कार्यक्रमको बीच भागमा समाजमा लामो समय योगदान दिनुहुने समाजसेवी चक्र साम्पाङ्ग राई र भीम तुम्बाहाम्फे लिम्बुलाई योगदानको कदर गर्दै सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनुहुने चक्र साम्पाङ्ग राई समाजका पूर्व अध्यक्ष साथै हाल समितिको भवन खरीद तथा निर्माण समितिका निर्देशक हुनुहुन्छ भने तुम्बाहाम्फे गोर्खा पिस फाउन्डेसनका प्रमुख हुनुहुन्छ । उहाँले लामो समयदेखि स्थानिय वृद्धवृद्धाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
मन्तव्यको क्रममा प्रमुख अतिथि र विशेस अतिथिले सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले स्थानिय तहमा धेरै राम्रा राम्रा परोपकारी तथा सामाजिक कामहरु गरेको र आश्फोर्ड बरो काउन्सिललाई ठूलो सहयोग पुर्याएको हुनाले समितिले अगाडी बढाएको कम्युनिटी हल परियोजनालाई सहयोग गर्ने कुरा बताउनु भएको छ । त्यसैगरी सांसद दामियन ग्रीनले निवर्तमान आशफोर्ड मेयर जेनी वेवले नेपाली समाजलाई कम्युनिटी हल परियोजना बारे काउन्सिलसँगको कामलाई सहजीकरण गरी ठूलो भूमिका खेल्न सफल भएको कुरा बताउनु भयो ।
कार्यक्रममा विभिन्न जाति हरुको आफ्नो मौलिक तथा सास्कृतिक गीत नृत्य लगायत विभिन्न नेपाली लोक गीत नृत्य प्रस्तुत गरिएको थियो भने अतिथि कलाकार गायिका मेनुका राईको जोडदार प्रस्तुति रहेको थियो । समितिले उपाध्यक्ष दुर्गा पाङ्गमा लिम्बुको संयोजकत्वमा १८ नोभेम्बर २०२३ शनिबारको दिन पुन सेन्ट साइमन हलमा देउसी÷भैलो कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।
समितिले हरेक वर्ष यसरी नै नेपालीहरुको वार्षिक चाड दशैँ तिहार संयुक्त रुपमा मनाउने गरेको छ । यसपटक स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली खाना र नृत्य हरुमा रमाएका थिए । मौसमको प्रतिकूलता भएता पनि कार्यक्रमको अन्तिमसम्म बाक्लो उपस्थितिले हल खचाखच रह्यो । कार्यक्रम राति ११ः०० बजे समापन गरिएको थियो।
चक्र साम्पाङ राईबाट
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा