
लण्डन । केही वर्षदेखि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नाममा समानान्तर गतिविधि गर्दै आएका गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई यसै सातादेखि एकै ठाउँमा जुटेका छन् ।
सेप्टेम्बर २५ मा लण्डनमा भएको एक बैठकपश्चात दुवैले पूर्ववत अडान छाडी नयाँ ढङ्गले गोरखा भूतपूर्व सैनिकहरूको अभियानलाई अगाडी बढाउन एक मत भएका हुन् ।
गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले गेसो सभापति कृष्णकुमार राई र आफू अहिले एकै ठाउँमा भएको बताए । गेसोले आफूले उठाउँदै आएको गोरखा भूतपूर्व सैनिकहरूको आवाज उठाउने भएपछि आफूहरू एक भएको उनले प्रष्टीकरण दिए ।
उता गेसो सभापति कृष्णकुमार राईले पनि अप्रत्याशित ढंगले संस्थापक सभापतिसित वार्ता र सहमति भई गेसो आन्दोलन पुन: हौसलाका साथ अगाडी बढ्न लागेको बताए ।
२५ सेप्टेम्बरमा भएको सो सहमतिको बैठकको पहल भने पूर्व महासचिव महेन्द्रलाल राईले गरेका थिए । सो बैठकमा पदमबहादुर गुरुङ र महेन्द्रलाल राईका साथै गेसोका उपसभापति धर्मबहादुर तामाङ र महासचिव नरहाङ राई समेत उपस्थित थिए ।
बैठकमा दुवै पक्षले विगतमा भएका असमझदारीको प्रायश्चित गर्ने सहमति भएको छ भने कृष्णकुमार राईको अध्यक्षताको वर्तमान कार्यसमितिलाई कायम राख्ने पनि सहमति भएको छ । गेसोको नीति निर्माण पदमबहादुर गुरुङसहित सामूहिक निर्णयबाट गर्ने र साल्मेडाँमा अधूरो रहेको परियोजनालाई अगाडी बढाउने पनि सहमति भएको छ ।
गेसो सभापति राईले ती सहमतिहरू मौखिकरूपमा भएको बताए । उनले तत्पश्चात बेलायतका विभिन्न स्थानमा रहेका गेसोका शाखा कमिटीहरूमा आफूहरू संयुक्त रूपमा पुगेर एकता र पुनर्मिलनको सन्देश प्रवाह गरेको बताए । यसैक्रममा नोभेम्बर १७ मा बेलायतमा एक बृहत एकता कार्यक्रम राखेको उनले जानकारी दिए ।
उता संस्थापक सभापति गुरुङले नोभेम्बर २२ मा हुने नेपाल र बेलायत सरकारबीचको मन्त्रीस्तरिय वार्ताको परिणाम हेरेर आफूहरूले गोरखा आन्दोलनका बारेमा नयाँ योजना ल्याउने बताए ।
विसं २०४७ सालमा पदमबहादुर गुरुङको अध्यक्षतामा गेसो स्थापना भएको थियो । करिब २६ वर्षपछि सन् २०१६ को सेप्टेम्बरमा बेलायतमा भएको अधिवेसनबाट कृष्णकुमार राई सभापतिमा निर्वाचित भएका थिए । त्यसयता लो प्रोफाइलमा रहेका गुरुङले केही वर्षयता आफू गेसोमा फर्केको दाबी गर्दै नेपाल तथा बेलायतमा नयाँ कार्यसमिति घोषणा गरेका थिए ।
नयाँ सहमतिपछि गेसोका कार्यकर्ता र शुभचिन्तकमाझमा उर्जा पैदा भएको राईले बताए ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा