
लन्डन । भूपूर्व ब्रिटिश गोर्खाहरुले समान पेन्सन लगायतका मागहरुप्रति उत्तरदायी भूमिका खेल्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अनुरोध गरेका छन् ।
गत सोमबार नेपाली दूतावास लण्डनमा भूतपूर्व गोर्खा संघसंस्थाका प्रतिनिधिहरुले बेलायत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. महतसंग भेटघाटको क्रममा अनुरोध गरेका हुन् ।
बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता आउँदो नोभेम्बर २२ मा लन्डनमा दुई सरकारबीच मन्त्रिस्तरिय वार्ता हुने भएको छ । उक्त वार्तामा नेपाल सरकारको तर्फबाट भूतपूर्व गोर्खाजहरुको मागप्रति संवेदनशील भई प्रस्तुत् हुन आग्रह गरे ।
सो भेटघाटमा मन्त्री डा. महतले गोर्खाहरुको समस्याबारे आफू, आफ्नो पार्टी नेपाली काँग्रेस र वर्तमान सरकार जानकार रहेको बताउँदै आफ्नोतर्फबाट सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, उनले बेलायत भ्रमणकै क्रममा बेलायती मन्त्रीहरुसंगको बैठकमा समेत कुरा उठाउने जनाए ।
नेपाली दूतावास लण्डनको बिशेष पहलमा भएको भेटघाटमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति एवं वार्ता टोलीका सदस्य धर्म तामाङ्ग, गेसोका उपसभापति क्षेत्रकला राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण राई, ज्ञानराज राई, सचिव होम किराँत सुनुवार, सहकोषाध्यष बिष्णु गुरुङ, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का अध्यक्ष केश बहादुर गुरुङलगायतको उपस्थिति रहेको गेसो उपसभापति धर्म तामाङ्गले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा