
लन्डन । भूपूर्व ब्रिटिश गोर्खाहरुले समान पेन्सन लगायतका मागहरुप्रति उत्तरदायी भूमिका खेल्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अनुरोध गरेका छन् ।
गत सोमबार नेपाली दूतावास लण्डनमा भूतपूर्व गोर्खा संघसंस्थाका प्रतिनिधिहरुले बेलायत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. महतसंग भेटघाटको क्रममा अनुरोध गरेका हुन् ।
बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता आउँदो नोभेम्बर २२ मा लन्डनमा दुई सरकारबीच मन्त्रिस्तरिय वार्ता हुने भएको छ । उक्त वार्तामा नेपाल सरकारको तर्फबाट भूतपूर्व गोर्खाजहरुको मागप्रति संवेदनशील भई प्रस्तुत् हुन आग्रह गरे ।
सो भेटघाटमा मन्त्री डा. महतले गोर्खाहरुको समस्याबारे आफू, आफ्नो पार्टी नेपाली काँग्रेस र वर्तमान सरकार जानकार रहेको बताउँदै आफ्नोतर्फबाट सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, उनले बेलायत भ्रमणकै क्रममा बेलायती मन्त्रीहरुसंगको बैठकमा समेत कुरा उठाउने जनाए ।
नेपाली दूतावास लण्डनको बिशेष पहलमा भएको भेटघाटमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति एवं वार्ता टोलीका सदस्य धर्म तामाङ्ग, गेसोका उपसभापति क्षेत्रकला राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण राई, ज्ञानराज राई, सचिव होम किराँत सुनुवार, सहकोषाध्यष बिष्णु गुरुङ, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का अध्यक्ष केश बहादुर गुरुङलगायतको उपस्थिति रहेको गेसो उपसभापति धर्म तामाङ्गले जानकारी दिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण