
लन्डन । बेलायत भ्रमणमा रहेका नेपालका दुईजना पत्रकार लन्डनमा सम्मानित भएका छन् ।
नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले आइतवार लन्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।
पत्रकारद्वयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गरे ।
पौडेल नागरिक न्यूजमा आवद्ध छन् भने लामिछाने कान्तिपुर टेलिभिजनमा राजनीतिक व्यूरोमा काम गर्छिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, नेपाली जनसम्पर्क समिति साउथइष्ट लण्डनका सभापति राजेन्द्र खरेल, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व उपमहासचिव अर्जुन कटुवाल, नेपाली जनसम्पर्क समिति बेलायतका महासचिव कुश बस्नेत, एनआरएनए पूर्व केन्द्रीय सदस्य लिलादेवी गुरुङ, जनसम्पर्क समिति भारतका पूर्वअध्यक्ष हरि कुमार मल्ल, नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक सदस्य बाबुराम भुषाल लगायतको उपस्थिति थियो ।
शाखा अध्यक्ष विपिन निरौलाको सभापतित्वमा भएको कार्यक्रम शाखाका केन्द्रीय पार्षद कुस बस्नेतले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले प्रवासमा बस्ने नेपाली समुदायको पक्षमा पत्रकारितामार्फत आवाज बुलन्द गरिदिन आग्रह गरेका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण