
पेरिस । बेलायतका राजा चार्ल्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गर्नुभएको छ ।
यूरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।
चार्ल्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चार्ल्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो ।
तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।
सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिणपश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।
प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चार्ल्स र उहाँकी पत्नी (रानी) क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण