
लण्डन । बेलायतका नयाँ रक्षामन्त्रीमा ग्रान्ट शाप्स नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री सुनकको कार्यायलयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गर्नुभएको घोषणा गरेको छ ।
नयाँ रक्षामन्त्री शाप्सले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताएका छन् ।
यसअघिका रक्षा मन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
अठार वर्षदेखि संसद् सदस्य रहनु भएका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुनुहुन्छ । नौ वर्ष मन्त्री रहनुभएका उहाँले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गर्नुभएको हो ।
त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाउनुभएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उहाँले निर्वाह गर्नुभएको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गर्नुभएको छ ।
शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै