
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।
सोमबार एमाले कार्यालय च्यासल ललितपुरमा भएको झण्डै एक घण्टा लामो भेटमा एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खा मुद्दा, बेलायतका नेपालीको अवस्था र समसामयिक राजनीतिक घट्नाक्रमबारे कुराकानी भएको गाहामगरले जनाए ।
भेटमा नेता ओलीले आफूले उठाएका वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा मुद्दा समाधानका लागि पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिएको गाहामगरले बताए ।
तपाईंको माग जायज छ, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै गाहामगरले भने, ‘सिन्दुरसँग नागरिकता साट्ने जुन नागरिकता विधेयक सरकारले पारित गर्यो, त्यसमा एमालेको पहिले पनि विरोध थियो, अहिले पनि छ’ भन्नुभयो ।
भूतपूर्व गोर्खा मुद्दाको प्रसंगमा ओलीले त्रिपक्षीय सन्धि पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका थिए ।
मैले सन् २०१९ मा बेलायत भ्रमण गर्दा पनि यही कुरामा उठाएको थिएँ । गोर्खा समस्या राष्ट्रिय मुद्दा भएकाले यसलाई सबै दल र सरकारले गम्भीर रुपमा लिइ समाधान गर्नुपर्छ ओलीको भनाइ थियो ।
अध्यक्ष गाहामगरले नेता ओलीलाई ज्ञापनपत्र दिंदै वंशजको नेपाली नागरिकताका लागि पहल गरिदिन आग्रह गरे ।
ज्ञापनपत्रमा वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग छ ।
‘गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, ज्ञापनमा भनिएको छ ।
गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरी कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
हाल नेपालमा रहेका अध्यक्ष गाहामगरले शीर्ष नेता र मन्त्रीहरुसँग दुई प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता र गोर्खा मुद्दा सशक्त रुपमा उठाइरहेका छन् ।
उनले यसअघि परराष्ट्रमन्त्री एनपी साउद, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत शीर्षस्थ नेतालाई भटेर ज्ञापनपत्र बुझाइसकेका छन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी