
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खेन्पो कर्म छुल्त्रिमको स्वागत गरेको छ ।
गत आइतबार ६ अगष्टका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, खेन्पो फुर्तेम्बा, पदाधिकारी, सल्लाहकार, सदस्य, आमाहरुका साथसाथै भक्तजनहरुले उनलाई स्वागत गरेको हो ।
त्यस्तै, सोही दिन बेलायत भ्रमणमा रहेका लामा लुङ्रिग निमा रिन्पोछेले पेचा र च्योद्को लुङ्ग प्रदान गरेका थिए । बौद्ध परम्परामा पेचा (ग्रन्थ), च्योद् (डमरु घन्टी) साधनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
सन् २०१९ मा बीसीसी यूकेको निमन्त्रणामा बेलायत आउँदा बीसीसी यूकेका भक्तजनहरुलाई च्योद् साधना गराएका रिन्पोछेले बीसीसी यूकेका भक्तजनहरुलाई सो लुङ्ग प्रदान गरेका हुन्।
बीसीसी यूकेका पूर्व अध्यक्ष नारायण प्रसाद गुरुङ बिएमईको संयोजकत्वमा सम्पन्न भएको उक्त लुङ्ग प्रदान तथा स्वागत कार्यक्रमलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले अध्यक्षता गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
त्यस्तै, बीसीसी यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गरेको छ । गत बुधबार ९ अगष्टदेखि ११ अगष्टसम्म बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गरिएको हो ।
विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ कोभिड–१९ पश्चात तेश्रो पटक आयोजना गरिएको हो ।
विभिन्न उमेर समूहका ३१ जना बालबालिकाहरुको सहभागी रहेको चिल्ड्रेन समर क्याम्पमा यसपटक नेपालीबाहेक अरु समुदायका वच्चाहरुको समेत सहभागिता रहेको थियो ।
बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न उक्त समर क्याम्पमा बीसीसी यूकेका खेन्पो कर्म छुल्त्रिम र खेन्पो फुेतेम्बाले फोर नोवल त्रुथ एण्ड फाईव पर्सेप्ट, मेडिटेशन, व्हील अफ लाईफलगायत बुद्धिजमबारे जानकारी गराएका थिए । त्यस्तै, बीसीसी यूके आमा सचिव शारदा गुरुङ र मेरिटले बच्चाहरुलाई योगा अभ्यास गराएका थिए ।
उक्त ३ दिने समर क्याम्पबाट बालबालिकाहरुले बौद्ध धर्म, संस्कार, संस्कृति र परम्पराबारे जानकारी लिन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले बताए । उक्त ३ दिने चिल्ड्रेन समर क्याम्पमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकाहरुलाई बौद्ध शिक्षासंगसंगै मनोरञ्जनात्मक खेलहरु समेत खेलेका थिए । कार्यक्रमको अन्त्यमा हाल बेलायत भ्रमणमा रहेका लामा लुङ्रिग निमा रिन्पोछेले सहभागी बालबालिकाहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
बौद्ध दर्शनसंग सम्बन्धित विभिन्न वृत्तचित्रहरु समेत प्रस्तुत् गरिएको उक्त समर क्याम्पमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पुष्पा गुरुङ लगायत सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु, आमाहरु एवं स्वंयसेवकहरुको बिशेष उपस्थिति रहेको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण