
लन्डन । बेलायत निवासी साहित्यकार केदार सुनुवार ‘संकेत’ लाई युद्धसाहित्य पुरस्कार प्रदान गरिएको छ ।
‘अफगानी रणमैदान’ उपन्यासका लागि सुनुवारलाई सन् २०२१ को युद्धसाहित्य पुरस्कार प्रदान गरिएको हो ।
शनिबार लण्डनको साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा संकेतलाई सो पुरस्कार प्रमुख अतिथि साहित्यकार एवम् नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका पूर्वअध्यक्ष दयाकृष्ण राईले हस्तान्तरण गर्नुभयो ।
पुरस्कारको राशी पचास हजार रूपैयाँ र प्रमाणपत्र रहेको छ ।
युद्धकवि, उपन्यासकार एवम् युद्धसाहित्य सिद्धान्तका अभियन्ता गणेश राईको अध्यक्षतामा भएको कार्यक्रम युद्धकवि अप्जसे कान्छाले सञ्चालन गरेका थिए ।
हरेक दुई वर्षमा वितरण गर्ने गरी सन् २०२१ मा सो पुरस्कारको स्थापना गरिएको थियो ।
पुरस्कारको स्थापना युद्ध साहित्य र सिद्धान्तलाई प्रबर्धन गर्न स्थापना गरिएको अर्का युद्धसाहित्य अभियन्ता एवम् साहित्यकार नरेश काङमाङ राईले बताए ।
काङमाङ युद्ध साहित्य पुरस्कार कोष एवम् पहिचान साहित्य पुरस्कार कोष दुवैका संस्थापक हुन् ।
पुरस्कार वितरण समारोहमा लेखक डा. सुमाया राई, सामाजिक अभियान्ता होम सुनुवार, कथाकार जयालक्ष्मी राई, साहित्यकार एवम् पत्रकार विश्वासदीप तिगेला, गायक एवम् सञ्चारकर्मी आकाश सुनुवार, गीतकार सञ्जीव पारदर्शी, गेसो उपाध्यक्ष छेत्रकला राई, साहित्यकार हरिसिङ थापा, गीतकार विश्वकाजी राई उपस्थित थिए ।
पुरस्कृत पुस्तकमाथि साहित्यकार नरेश काङमाङ राईले बोलेका थिए ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा