
अल्डरसट । पाँचौँ अन्लिश योर इनरसेल्फ इभेन्ट अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा आइतबार सम्पन्न भएको छ ।
मानिसलाई स्वस्थ्यकर जीवन जिउन, धन आर्जन गर्न, व्यापार ब्यवसाय संचालन गर्न र खुसी हुन सिकाउने मुख्य उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।
नेपालको ख्यातीप्राप्त बाँसुरीबादक धन गुरुङ र डीएमटी ब्यान्डका संयोजक दिनेश गुरुङले सुमधुर क्लासिक धुन बजाएर कार्यक्रमको सुरु गरिएको थियो। त्यसपश्चात डा विशाल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
आयोजक मन गुरुङले अन्लिश योर इनरसेल्फ इभेन्टको उद्देश्य, दृस्तिकोणका बारेमा प्रस्ट्याउँदै व्यक्तित्व विकास गर्न भित्रैबाट शक्ति कसरी निकाल्ने बारेमा जानकारी दिए। यस्तै, दिनेश रोकाले शारीरिक तथा मानसिक तन्दुरुस्त कसरी राख्न सकिन्छ भन्नेबारे, श्याम श्रेष्ठले लेखा तथा वित्तबारे, मेघ गुरुङले योग विज्ञानबारे, एलएन पाण्डेले लगानी र उद्यमशीलताबारे, दिग्विजय घलेले पौष्टिक तत्वबारे, सुमन पुनले व्यापार ब्यबसाय गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा दिनेश गुरुङले डिजे, सिजनले भिडियोग्राफी र दोहोरी कलाकार सागर गुरुङ र हल ब्यवस्थापनमा डी लाउन्जले सहयोग गरेका थिए भने गोल्ड प्रायोजन गोर्खा सेर्भिसेज लिमिटेड र सिल्वर प्रायोजन पेपरवोर्क सोलुशन्सले गरेको थियो।
अन्त्यमा उपस्थित सबैलाई सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष अथवा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई आयोजक मन गुरुङले धन्यवाद दिए।
तस्वीर मिलन तमु
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो