
लण्डन । किरात राई यायोक्खा बेलायतले यलम्बर स्मृति दिवस मनाएको छ ।
यायोक्खा संघीय परिषद सचिवालयले शनिबार किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रम गरी यलम्बर स्मृति दिवस मनाएको हो ।
यायोक्खा बेलायतले प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको स्मृतिमा वर्षेनी र निरन्तर “यलम्बर स्मृति दिवस” मनाउँदै आइरहेको स्मृति दिवस संयोजक तथा उपाध्यक्ष, रि.मे. दिलकुमार राईले बताउनु भयो ।
करिब वर्तमान नेपालकै आकारको भूगोलमा फैलिएको त्यो प्राचीन देशको शासन तथा प्रशासन प्रणालीले वर्तमान आधुनिक नेपालको शासन प्रणालीमा समेत टेवा पु¥याई राखेको पनि संयोजक राईले उल्लेख गर्नु भयो ।
यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई रहनु भएको थियो । अतिथिहरुमा गैर आवासीय नेपाली संघ बेलायतका आईसिसी सदस्य तथा पूर्व काउन्सिलर प्रबेश केसी, किरात राई यायोक्खा नेपालको पूर्व उपमहासचिव सुवासचन्द्र राई, किरात साम्पाङ राई जुम्लेखा यूकेको अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूकेको अध्यक्ष ध्यानबहादुर राई, किराया बेलायत स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, किरात राई तायामा खियामा महिला समितिको अध्यक्ष रोजी राई, गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ, किराया बेलायतको नाक्छुङ किताबशेर राई आदि अतिथिहरुको उपस्थिति रहेको थियो ।
समस्त मानव जाति साथै किरात राई जातिको हितमा निरन्तर काम गर्दै उत्कृष्ट योगदान दिदै आउनु भएको ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष किरात राई यायोक्खा बेलायतले कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल हुनु भएका हरि बुढा मगरलाई सम्मान गरेको थियो भने “फुलेन्देको आमा” उपनामले सारा नेपाली माझ परिचित कलाकार उमेश राई पनि सम्मान गरिएको थियो । यसैगरी समुदायमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै थाम बहादुर राईलाई पनि फेटा र सम्मान पत्र प्रदान गरिएको थियो ।
यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि.क्या. सुमनचन्द्र राईले गर्नु भएको थियो । यस प्रतियोगिताको साविक विजेता देवीकुमार राई नै यस वर्षको धनुषबाण प्रतियोगिताको विजयी अर्थात यलम्बर अफ द ईयर घोषित गरिएको थियो ।
यलम्बर स्मृति दिवसको खास आकर्षणको रुपमा रहेका कलाकार “फुलेन्देको आमा” उमेश राईको विशेष हाँस्य प्रस्तुति रहेको थियो भने गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए ।
यलम्बर स्मृति दिवस कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन किराया बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरले गरेको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण