
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत एक वर्षदेखि बीसीसी गुम्बामा रहँदै आएका टुल्कु जिग्मे सामतेनको विदाई गरेको छ ।
गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी युकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खादा लगाई उनलाई विदाई गरिएको हो ।
उक्त विदाई कार्यक्रममा टुल्कु सामतेनले बीसीसी युकेले बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा खेल्दै आएको भूमिकाको प्रसंशा गर्दैं आफूलाई बेलायतका भक्तजनहरुको सेवा गर्न अवसर दिएकोमा बीसीसी युके परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले टुल्कु गुरुले बीसीसी युकेलाई दिएको महत्वपूर्ण समय, भक्तजनहरुलाई दिएको शिक्षा, पूजापाठ तथा प्रवचनका लागि हृदयबाट नै धन्यवाद दिए ।
काठमाडौंको बौद्धस्थित सेचेन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे यसअघि कोभिड–१९ जस्तो महामारीमा समेत ६ महिना बीसीसी गुम्बामा सेवा गरी नेपाल फर्केका थिए । पुनः दोस्रोपटक गत अगष्ट २०२२ मा बेलायत आई करीब ११ महिनाको बसाईपश्चात गत आइतबार नेपाल फर्केका छन् ।
लामा लुङि«ग रिन्पोछे र खेन्पो फुतेम्बाको समेत विशेष उपस्थिति रहेको उक्त औपचारिक विदाई कार्यक्रममा बीसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी युकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, टुल्कु गुरुलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायत बीसीसी युकेका पदाधिकारी, शुभचिन्तक, भक्तजन, गुरुका आफन्जनहरुले गत आइतबार हिथ्रो एयरपोर्टमा पुगी विदाई गरेका थिए ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण