
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तिथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ ।
गत शुक्रबार २१ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा आयोजना गरिएको हो ।
काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका लामा लुङिरिग रिन्पोछेको विशेष उपस्थितिमा सम्पन्न पूजामा बीसीसी यूकेका टुल्कु जिग्मे सामतेन, खेन्पो फुतेम्बा लगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए ।
सो अवसरमा लामा लुङिरिग रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रूद), धर्म चक्र प्रवद्र्धन बारे प्रवचन दिएका थिए । उक्त प्रवचनलाई खेन्पो फुुतेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, लामा लुङिरिगलगायत धर्मगुरुहरुले धनचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पूजाहरु गरेका थिए ।
कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले गुरुहरुलाई मण्डला अर्पण गरेका थिए ।
बीसीसी यूकेका उपाध्यक्ष आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले कार्यक्रमका लागि भोजनदान गर्ने भोजनदाताहरुको नामावली सुनाउदै धन्यवाद प्रकट गरेका थिए ।
दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
विशेषगरी शेर्पा एशोसियसन यूकेका अध्यक्षलगायत पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बीसीसी युकेका पूर्व अध्यक्षले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण