
लण्डन । नेपाल र बेलायत सरकारबीच सम्झौता भई बेलायत काम गर्न आउन चाहने नर्सका लागि आवेदन खुला गरिएको छ ।
विहीबारबाट आवेदन शुरु गरिएको हो ।
२०२२ को अगष्ट २२ मा दुई सरकारबीच बेलायतमा नेपाली नर्सलाई काम गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
नेपालको वैदेशिक रोजगार विभागले नर्सहरूलाई बेलायत लैजानेसम्बन्धी कार्य गर्नेछ र बेलायतको स्वास्थ्य मन्त्रालयले सो विभागसित समन्वय गर्नेछ ।
यसका लागि अलग्गै पोर्टल बनाइएको छ र बेलायतमा नर्सका रूपमा काम गर्न चाहनेहरूले अरू तेस्रोपक्षसित सम्पर्क नगर्न पनि भनिएको छ । आवेदन गर्न चाहनेहरूले https://ferms.dofe.gov.np/home मा जानु पर्नेछ ।
पहिलो चरणको आवेदन विहीबारबाट शुरु भई अक्टोबर १९ सम्म रहनेछ । बेलायतले पहिलो चरणमा १०० जना नर्स नेपालबाट ल्याउने योजना बनाएको छ । शुरुमा आएका नर्सहरूलाई ह्याम्पसायर हस्पिटल फाउण्डेसन ट्रष्टमा काममा लगाइने छ ।
आवेदनका लागि योग्यता के हुनुपर्छ ?
कम्तीमा एक वर्ष म्याद रहेको नेपाली राहदानीबाहक हुनुपर्नेछ ।
नेपाल सरकारबाट मान्यता प्राप्त कलेजहरू वा विदेशबाट स्टाफ नर्स, बीएस्सी नर्सिङ वा एमस्सी नर्सिङ गरेको हुनुपर्नेछ ।
नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्नेछ ।
कम्तीमा दुई वर्षको कामको अनुभव भएको हुनुपर्नेछ । सन् २०१९ अघिको कार्यनुभवलाई मान्यता दिइने छैन ।
अंग्रेजी भाषामा आइइएलटीएसमा पढाइ, सुनाइ र बोलाइमा ७ अंक र लेखाइमा ६.५ आएको हुनुपर्नेछ वा ओइटीमा पढाइ, बोलाइ र सुनाइमा बी ग्रेड र लेखाइमा सी प्लस आएको हुनुपर्नेछ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा