
लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले पार्क सरसफाई गरेको छ ।
कम्युनिटीले आइतबार आसफोर्डस्थित भिक्टोरिया पार्क पार्क सरसफाई गरेको हो ।
समाजको वार्षिक कार्यक्रमअन्तर्गत पार्क सरसफाई गरिएको हो ।
सरसफाईका लागि कम्युनिटीका करिब ३०० जना सहभागी भएको कार्यक्रम संयोजक नगेन्द्र (नग्स) राईले गर्नुभएको थियो ।
सरसफाईका लागि चाहिने आवश्यकीय सामाग्रीहरु स्थानिय काउन्सिलले उपलब्ध गराएको थियो ।
सरसफाइमा गोर्खा पिस फाउन्डेसन आशफोर्डका उपाध्यक्ष भीम तुम्बाहाम्फेलगायत उनको समूहबाट सबैभन्दा धेरैको संख्यामा उपस्थिति थियो भने पीपल मोर्गेज स्टेट एजेन्ट, सन्डे रनिङग टीम, रोयल ब्रिटिस लाईजन आशफोर्डका प्रमुख शाओउन रिलिएस, आशफोर्ड बरो काउन्सिलका काउन्सिलर पौल बार्लेटलयायत विभिन्न जातिय, सामाजिक संघ संगठनहरुका प्रतिनिधिहरुले कार्यक्रममा भाग लिएका थिए ।
सरसफाई बिहान १० बजेबाट सुरु भई दिउँसो १२ बजे सकिएको थियो ।
कार्यक्रममा कम्युनिटीका अध्यक्ष डम्बर सिंघकले कार्यक्र संयोजक, समितिका महासचिव रामप्रसाद लिम्बु, सम्पूर्ण कार्यसमितिलगायत सबै सहयोगी र उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
चक्र साम्पाङ राईबाट
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित