
काठमाडौँ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३३ औँ स्थापना दिवस मनाइएको छ ।
संघका उपसभापति जीतबहादुर राईको सभापतित्वमा ललितपुरमा आयोजित सो कार्यक्रममा बेलायतमा रहेका संघका सभापति कृष्णकुमार राईले गोरखा आन्दोलनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । बेलायत सरकारसित भइरहेको वार्ता र गेसोको भावि रणनीतिका बारेमा उनले प्रष्ट्याएका थिए । वार्तालाई विथोल्ने कार्य नगर्न पनि उनले सबैलाई अनुरोध गर्दै यदि कसैले त्यस्तो कार्य गरी वार्ता असफल भएमा गेसोले त्यस्तो व्यक्ति वा संस्थालाई कठघरामा उभ्याएरै छाड्ने बताएका थिए ।
सो कार्यक्रममा गेसो बाग्मति प्रदेश अध्यक्ष वीरध्वज राई, ललितपुर जिल्ला अध्यक्ष विष्णु याक्सो, ललितपुर जिल्ला महिला समिति अध्यक्ष इन्द्रकुमारी राईले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन उपमहासचिव बुद्धिराज राईले गर्नुभएको थियो ।
गेसोको स्थापना दिवस बेलायतको प्लमस्टिड, अल्डरसट र लण्डनमा पनि मनाइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण