
लण्डन। एनआरएनए यूकेले पढ्न बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि १० हजार ५४५ पाउन्ड ३६ पेन्स सहयोग गरेको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल भएको छ ।
आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूके अध्यक्ष गाहामगरले चन्दा आव्हान गरेका थिए ।
सदीक्षाको मृत्यु भएको गत १० मेबाटै अभियान शुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५. ३६ (करिब १७ लाख रुपैयां) चन्दा प्रदान गरेका थिए ।
तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, सगरमाथा गोर्खा/नेपाली कम्युनिटी आशफोर्ड, केन्ट ले ८०१.०० पाउन्ड, ब्रिटिश गोर्खा एन्ड ब्रिटिश गोर्खा नेपलिज क्याट्रिक कम्युनिटी (सी एण्ड डी) ले ७३८. ९९, पाउन्ड, पश्चिम लन्डन जन सम्पर्क समिति बेलायतले ३५२ पाउन्ड, गोर्खा वारियर यूकेले ३१९ पाउन्ड, तनहुँ समाज यूकेले २५० पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूकेबाट २२० र किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका हुन् । पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले गत २१ मेमा आयोजित एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड संकलन गरेका थिए ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले आर्थिक सहयोग गर्ने सबै चन्दादाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण