लण्डन । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युकेले तीन सल्लाहकार चयन गरेको छ ।
समितिको हालै पटनीमा भएको भेलाले प्रोफेसर सूर्य सुवेदी, डा राघवप्रसाद धिताल र कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
अध्यक्ष ईन्जिनियर बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो भेलामा न्यौपानेले संस्थाको बारेमा बोल्नु भएको थियो।
सन् २००८ मा स्थापना भएको सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा विभिन्न पेशा व्यवसायमा आवद्ध करिब २०० जना सदस्य छन् । संस्थाको उद्देश्य बेलायतमा रहेका विभिन्न सस्थाहरूसंग मिलेर नेपाली समाजको सेवा गर्ने रहेको पनि न्यौपानेले बताए ।
प्रोफेसर डा सूर्य सुवेदीले संस्थासँग आफू पहिलेदेखि नै आवद्ध रहेको र संस्थाले अहिलेको आवश्यकताअनुसार काम गर्न सक्ने बताउने भयो । उहाँले बेलायती राजनीतिमा नेपालीहरु थप सक्रिय हुनुपर्ने तथा एकपटकको नेपाली नागरिकता सधैँको लागि हुनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै डा राघवप्रसाद धितालले सोसाइटीसँग आवद्ध हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो।
कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी हालसम्म भएका प्रगति तथा उपलब्धि सम्बन्धी प्रकाश पार्नु भएको थियो ।
महासचिव डा ओम गौतमले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने उपाध्यक्ष गजेन्द्र कटुवालले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो
भेलामा शम्भु अधिकारी कोषाध्यक्ष, डा रामजी पौडेल, प्रोफेसर डा तेजेन्द्र फेराली, अर्कराज तिम्सिना सदस्य संरक्षक परिषद, ई पुन्य रेग्मी सदस्य संरक्षक परिषद, ई रामकृष्ण अधिकारी भूपू उपाध्यक्ष, डा बच्चु कैलाश कैनी, आशा फेराली लगायतको उपस्थिति रहेको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा