लण्डन । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युकेले तीन सल्लाहकार चयन गरेको छ ।
समितिको हालै पटनीमा भएको भेलाले प्रोफेसर सूर्य सुवेदी, डा राघवप्रसाद धिताल र कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
अध्यक्ष ईन्जिनियर बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो भेलामा न्यौपानेले संस्थाको बारेमा बोल्नु भएको थियो।
सन् २००८ मा स्थापना भएको सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा विभिन्न पेशा व्यवसायमा आवद्ध करिब २०० जना सदस्य छन् । संस्थाको उद्देश्य बेलायतमा रहेका विभिन्न सस्थाहरूसंग मिलेर नेपाली समाजको सेवा गर्ने रहेको पनि न्यौपानेले बताए ।
प्रोफेसर डा सूर्य सुवेदीले संस्थासँग आफू पहिलेदेखि नै आवद्ध रहेको र संस्थाले अहिलेको आवश्यकताअनुसार काम गर्न सक्ने बताउने भयो । उहाँले बेलायती राजनीतिमा नेपालीहरु थप सक्रिय हुनुपर्ने तथा एकपटकको नेपाली नागरिकता सधैँको लागि हुनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै डा राघवप्रसाद धितालले सोसाइटीसँग आवद्ध हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो।
कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी हालसम्म भएका प्रगति तथा उपलब्धि सम्बन्धी प्रकाश पार्नु भएको थियो ।
महासचिव डा ओम गौतमले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने उपाध्यक्ष गजेन्द्र कटुवालले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो
भेलामा शम्भु अधिकारी कोषाध्यक्ष, डा रामजी पौडेल, प्रोफेसर डा तेजेन्द्र फेराली, अर्कराज तिम्सिना सदस्य संरक्षक परिषद, ई पुन्य रेग्मी सदस्य संरक्षक परिषद, ई रामकृष्ण अधिकारी भूपू उपाध्यक्ष, डा बच्चु कैलाश कैनी, आशा फेराली लगायतको उपस्थिति रहेको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण