
लण्डन । मेडवेका बासिन्दाहरू शनिबार जिलिङ्घमको ग्रेट लाइन्स हेरिटेज पार्कमा सशस्त्र बल दिवस मनाउन ठूलो संख्यामा उपस्थित भए । निःशुल्क प्रवेश दिइएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली मूलकी मेयर काउन्सिलर नीना गुरुङ, सशस्त्र सेनाका सदस्यहरू, दिग्गजहरू र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।
युकेमा सशस्त्र सेनाको कामको सम्मान गर्न जुन महिनाको अन्तिम शनिबार सशस्त्र सेना दिवस मनाइन्छ ।
विभिन्न कार्यक्रमसहित सैन्य परेड, सैन्य सवारी साधन, हातहतियार, उपकरणहरूको प्रदर्शन र सशस्त्र सेनाका सदस्यहरूलाई भेट्ने लगायत रमाइलो मेला, लाइभ संगीत र खानाका स्टलहरु कार्यक्रममा राखिएका थिए ।
प्रमुख अतिथि मेयर काउन्सिलर नीना गुरुङले कार्यक्रम अत्यन्तै सफल भएको बताउनु भयो । ‘निकै राम्रो दिन थियो, हाम्रा सशस्त्र बलहरूका लागि धेरै मानिसहरू आफ्नो समर्थन देखाउन बाहिर निस्केको देख्न पाउँदा धेरै राम्रो लाग्यो । हामी हाम्रा सेनाहरूको सेवा र बलिदानको लागि धेरै आभारी छौं र यो कार्यक्रम धन्यवाद भन्ने र आभार व्यक्त गर्ने सानो तरिका हो’, भन्नु भयो ।
सशस्त्र बल दिवसमा बेलायतमा भएका अन्य कार्यक्रमहरूमा लन्डन, एडिनबरा, कार्डिफ र बेलफास्टमा परेड र सेवाहरू सम्पन्न भएका छन् ।
कार्यक्रममा नौ सेना, रोयल एयर फोर्स, क्याडेट फोर्सहरू, भेटेरान समूह र ब्रिटिश सेनाको एकाइहरुको सैन्य परेड, ट्याङ्क र हेलिकप्टर प्रदर्शनसहित सैन्य सवारी साधन र उपकरणको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा पूर्व गोर्खा र तिनका परिवार र विभिन्न युनिटमा सेवारत गोर्खालीहरुको पनि बाक्लो उपस्थिति थियो ।


तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण