
लण्डन । पाँच वर्षअघि विश्वकै सबैभन्दा धेरै सदस्य रहेको गैरआवासीय नेपाली संघ युकेमा संस्थाभित्रको विभाजनको गम्भीर असर सदस्य संख्यामा देखिएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समितिबाट मान्यता पाएको समितिले आह्वान गरेको सदस्यता लिने अन्तिम मिति (२३ जुन मध्यरात) भित्र करिब ४ हजारले मात्र सदस्यता लिएका छन् । जुन बेलायतको कुल नेपालीको आधिकारिक जनसंख्याको करिब ४ प्रतिशत मात्र हो भने गत निर्वाचनमा सदस्यता लिएकाहरु सदस्यहरुको संख्याको करिब एक तिहाइ मात्र हो ।
स्मरण रहोस्, सन् २०२१ मा बेलायतमा सम्पन्न राष्ट्रिय जनगणनाले इङ्ल्याण्ड र वेल्स राज्यमा करिब १ लाख ४ हजार नेपाली रहेको देखाएको थियो । स्कटल्याण्डको भने हालसम्म तथ्यांक सार्वजनिक भइसकेको छैन ।
एनआरएन युकेको गत निर्वाचनमा करिब ११ हजार मतदाता रहेका थिए । त्यसअघि सन् २०१९ मा भएको निर्वाचनमा १३ हजार ६६९ मतदाता रहेका थिए । त्यतिबेला एनआरएनए युके विश्वभरिमै सबैभन्दा धेरै सदस्य भएको राष्ट्रिय समिति बनेको थियो ।
खड्का समूहले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार १३५ सदस्यको आवेदन स्वीकृत भएको छ भने २८७ जनाको आवेदन मुल्तवीमा राखिएको छ ।
खड्काले आफैँले भने ४ हजार सदस्य बन्नुलाई ‘संस्थाको पुनर्जन्म’ को दाबी गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कार्यसमितिको सहयोग र बेलायतस्थित नेपाली समुदायले दिएको माया ममताले कोमामा रहेको गैरआवासीय नेपाली संघ युकेको पुनर्जन्म भएको बताएका छन् । संस्थामा पहिलो पटक लागू भएको ‘फेसभेरिफिकेशन सिस्टम’ सफल भएको उनको जिकिर छ ।
उता गत निर्वाचनबाट विजयी अध्यक्ष प्रेम गाहामगरको नेतृत्वमा रहेको एनआरएनए युके राष्ट्रिय समितिले भने अलग्गै सदस्यता आह्वान गरेको छ । निशुल्क सदस्यता दिने घोषणा गरेको सो समितिले आगामी जुलाई १५ सम्म सदस्यताका लागि आवेदन दिन सकिने बताएको छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग