
लण्डन । बेलायतको केन्टमा आयोजित नर्थफिल्ड कार्निभलमा पहिलोपटक नेपाली आप्रवासीहरूले पनि सहभागिता जनाएका छन् ।
शनिबार भएको सो कार्निभलमा नेपाली जातीय अल्पसंख्यकको तर्फबाट ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेले प्रतिनिधित्व गरेको थियो।
बहुजाती,बहुभाषी, बहुसांस्कृतिक, सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्र, राष्ट्रियता, नेपाली पहिचानसहित वीर गोर्खालीको विश्व इतिहासको पानामा सजिएका विश्व विजेता हाम्रो महान गोर्खाली पुर्खा भिसीहरुलाई स्मरण गर्दै कार्निभलको माध्यमबाट नर्थफिल्ट कार्निभल महोत्सवमा प्रस्तुत गर्न पाउँदा नेपाली पन र गोर्खाली मन अत्यन्तै गौरवान्वीत महशुस भएको थियो।
सो कार्निभल महोत्सवमा आफ्नै मौलिकतामा नेपाली बहुजातीय पहिचान झल्किने गरी विभिन्न जातजाति भाषाभाषीको पोशाकमा कम्युनिटीको तर्फबाट कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, साथै सल्लाहकारहरु नानीबाबुहरुका साथ सहभागी हुनुभएको थियो।
नर्थफिल्ड कार्निभल आयोजक टीमले ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेलाई एउटा लरी (ट्रक) प्रदान गरेको थियो । लरीलाई विभिन्न सजावटबाट सजाइएको थियो।
लरीको अगाडिको भागमा आयो गोर्खाली भनेर लेखिएको व्यानरद्वारा सजाइएको थियो भने वरिपरिको भागमा नेपालको राष्ट्रियता झल्किने गरी नेपालको नक्सासहित संसारकै शीर सगरमाथा, शान्तिको दुत गौतम बुद्ध विश्व विजेता महान गोर्खाली पुर्खा भिसीहरुको फोटोले सजाइएको थियो।

बेलायती आम जनतामाझ नेपाल राष्ट्र, नेपाली जनता, वीर गोर्खालीको रगतले लेखिएको विश्व इतिहासलाई ताजा बनाउँदै नेपाल राष्ट्रलाई पर्यटन प्रवर्धनमा टेवा पुर्याउने मूल उद्देश्यले नेपाली पहिचान झल्किने विभिन्न रङ्गीचङ्गी पम्ल्पेट, पोस्टर, ब्यानर सहित युकेको झण्डा र नेपालको झण्डाले सजाइएको थियो।
महोत्सवमा दुईवटा च्यारिटी गोर्खा वेलफेयर ट्रष्ट र टर्कीमा गएको भूकम्प पीडितहरूलाई राहतका निम्ति कोष संकलन गर्न निमित्त समाजको तर्फबाट कृष्ण थापा, कुल घले, एक गुरुङ, योगेन आङदेम्बे, लोकजीत रास्कोटी, ऐश्वर्या राना, विधिसा सेंडाईले मार्चपास गरेका थिए।
कार्निभल महोत्सव अवधि भरी नै ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको टीम नै केन्टवासी जनतामाझ एकदम पृथक र आकर्षणको केन्द्रविन्दु बनेको रोचक र रमाईलो दृश्य देख्न सकिन्थ्यो।
कार्निभल महोत्सवको अग्रणी नेतृत्वको मुख्य भूमिका नै ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको जिम्मेवारीमा परेको थियो।
कार्निभल महोत्सवमा हेलीकोप्टरबाट फूलको गुच्चा वृष्टी गरी महोत्सवको उदघाटन् गरिएको थियो भने ड्रोनको माध्यमबाट महोत्सवको दृश्यलोकन लाईभ प्रसारण गरिएको थियो भने बीबीसीलगायत युकेको विभिन्न सञ्चारमाध्यमले लाईभ प्रसारण गरेका थिए।
कार्निभल महोत्सव अवधिभरि नै केन्टवासी जनताले फूलको गुच्चासहित चिसो चिसो पेयपदार्थ र आईसक्रिम प्रदान गर्दै स्वागत गरेका थिए भने बाटैभरि तालीको साथमा हात हल्लाउँदै स्वागत सम्मान गरेका थिए।
ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको तर्फबाट महोत्सव अवधिभर नै कलाकार भाइ बहिनीहरुले विभिन्न नेपाली गीत संगीतमा मनमोहक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने मसक बाजा (पाईप वेण्ड) को सुमधुर धुन प्रस्तुत गरिएको थियो।
कार्निभल महोत्सवमा ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको नेतृत्व गर्दै कार्यसमितिका वर्तमान अध्यक्ष हेमा गुरुङ राना, उपाध्यक्ष कृष्ण थापा, महासचिव दिब्या गुरुङ, सचिव लोकजीत रास्कोटी, कोषाध्यक्ष हिम थापा, खाद्य ब्यवस्थापन प्रमुख योगेन आङदेम्वे, सांस्कृतिक विभाग डिजे प्रमुख दिपक गुरुङ, स्वयम्सेवक प्रमुख तारा पुलामी, संस्थापक अध्यक्ष कुल घले, प्रमुख सल्लाहकार गणेश राना, भूपू महासचिव तथा वर्तमान सल्लाहकार एक गुरुङ, सल्लाहकार दल गुरुङ सकृय सदस्यहरु कुमार राई, लक्ष्मी घले, रेखा पुलामी, रचना पुन, सुनिता राई, रमेश गुरुङ,ऐश्वर्या राना, विधिसा सेंडाई, लुईजा रासकोटी, प्रिती थापा, आन्सिका आङदेम्वे, एलविन गुरुङको साथै मसक बाजा पाईप वेण्ड प्रमुख निर्मल थापा नर्थफिल्ट कार्निभल महोत्सवमा सहभागी भएका थिए।
दिनको ४:३० बजेतिर कार्निभल महोत्सवको समापन गरिएको थियो साथै ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको तर्फवाट नर्थफिल्ट कार्निभल महोत्सवको कोर्डिनेटर कृष्ण थापाले कार्निभलमा सहभागी सबै महानुभाव, दाजुभाइ, दिदीबहिनी, नानीबाबुहरुलाई धन्यवाद दिनु भएको थियो । संस्थापक अध्यक्ष कुल घलेले कार्यसमितिका सम्पूर्ण टीमलाई बधाई दिनु भएको थियो । अन्त्यमा अध्यक्ष हेमा गुरुङ रानाले कार्निभल महोत्सवमा सफल नेतृत्व प्रदान गर्नको निमित्त प्रत्यक्ष सहभागी हुनुहुने समाजको सबै महानुभावहरुको साथै विविध कारणवस सहभागी हुन नसक्नु भएका सबैलाई हार्दिक आभार ब्यक्त गर्दै महोत्सवमा सहभागितालाई समापन भएको घोषणा गर्नु भएको थियो।

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी