
लण्डन । बेलायतकी पहिलो नेपाली महिला मेयर नीना गुरुङलाई यहाँस्थित रोचेष्टर क्याथेड्रलले सम्मान गरेको छ ।
आइतबार क्याथेड्रलमा आयोजित एक कार्यक्रममा मेयर गुरुङ तथा मेडवे काउन्सिलका नवनिर्वाचित काउन्सिलरहरूलाई विशेष समर्पण सेवाको आयोजना गरिएको थियो ।
समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नीनाको उपलब्धिको प्रशंसा गर्दै बधाई ज्ञापन गरे ।
कार्यक्रममा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङले पनि मेयरको सफल कार्यकालको कामना गर्दै बधाई दिए ।
बौद्ध धर्मावलम्बी समेत रहेकी नीना गुरुङले मेयर निर्वाचित हुन पाउँदा जिम्मेवारी थपिएको बताइन् । उनले धेरै काम गर्नमा आफ्नो ध्यान केन्द्रि गर्ने बताउँदै कुराभन्दा काम बढी गर्ने प्रतिबद्धता जनाइन् । मेडवेमा ‘समानता र विविधता प्रवर्धन’ गर्न आफूले पहल गर्ने उनको भनाइ थियो । सेवापछि गिल्ड हलमा चियापान कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गरिन् ।
समारोहमा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, रिभान चौर नाथु प्रल्हाद पैगीलामा परिवार यूकेका अध्यक्ष चकबहादुर गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, विश्व रेकर्ड होल्डर पर्वतारोही हरि बुढा मगर, लन्डन हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका डेप्युटी मेयर जित रानाभाट, रसमोर बोरो काउन्सिलका काउन्सिलर धनबहादुर सार्की, पूर्व काउन्सिलर स्वर्गीय गम गुरुङकी कान्छी छोरी आकाङ्क्षा गुरुङ, मेयर गुरुङका बाबुआमा, स्थानीय गोर्खा नेपाली कम्युनिटी मेडवेका सदस्यहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा