
लण्डन । बेलायतकी पहिलो नेपाली महिला मेयर नीना गुरुङलाई यहाँस्थित रोचेष्टर क्याथेड्रलले सम्मान गरेको छ ।
आइतबार क्याथेड्रलमा आयोजित एक कार्यक्रममा मेयर गुरुङ तथा मेडवे काउन्सिलका नवनिर्वाचित काउन्सिलरहरूलाई विशेष समर्पण सेवाको आयोजना गरिएको थियो ।
समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नीनाको उपलब्धिको प्रशंसा गर्दै बधाई ज्ञापन गरे ।
कार्यक्रममा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङले पनि मेयरको सफल कार्यकालको कामना गर्दै बधाई दिए ।
बौद्ध धर्मावलम्बी समेत रहेकी नीना गुरुङले मेयर निर्वाचित हुन पाउँदा जिम्मेवारी थपिएको बताइन् । उनले धेरै काम गर्नमा आफ्नो ध्यान केन्द्रि गर्ने बताउँदै कुराभन्दा काम बढी गर्ने प्रतिबद्धता जनाइन् । मेडवेमा ‘समानता र विविधता प्रवर्धन’ गर्न आफूले पहल गर्ने उनको भनाइ थियो । सेवापछि गिल्ड हलमा चियापान कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गरिन् ।
समारोहमा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, रिभान चौर नाथु प्रल्हाद पैगीलामा परिवार यूकेका अध्यक्ष चकबहादुर गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, विश्व रेकर्ड होल्डर पर्वतारोही हरि बुढा मगर, लन्डन हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका डेप्युटी मेयर जित रानाभाट, रसमोर बोरो काउन्सिलका काउन्सिलर धनबहादुर सार्की, पूर्व काउन्सिलर स्वर्गीय गम गुरुङकी कान्छी छोरी आकाङ्क्षा गुरुङ, मेयर गुरुङका बाबुआमा, स्थानीय गोर्खा नेपाली कम्युनिटी मेडवेका सदस्यहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी