
लन्डन । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा मनोनयन गरेको छ ।
कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञानप्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानून जस्ता विधामा उत्कृष्ट योगदान दिने विद्वानहरुलाई प्रदान गरिने उक्त फेलोसिप अक्सफोर्डका कलेजहरुले दिने सबैभन्दा ठूलो सम्मान हो । सो कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई उच्च सम्मान गर्दै उक्त मनोनयन गरिएको बताए ।
विश्व प्रसिद्ध लेखिका जे के राउलिंग, ब्रिटिश लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा जोन कुपÞmोउर, नेल्सन मण्डेला र डेसमोंड टुटुका वकिल सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, सर डेविड वारेन जस्ता मूर्धन्य व्यक्तित्वहरु अक्सफोर्डको उक्त कलेजका मानार्थ फेलो छन् ।
यस्ता प्रसिद्ध व्यक्तित्वहरुका माझमा आफूलाई पनि मानार्थ फेलो नियुक्त गरिएकोमा हर्षित र गौरवान्वित भएको प्रा सुवेदीले बताए ।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि प्राप्त गरेका प्रा सुवेदीको नाममा तीन वर्ष अघि उक्त विश्वविद्यालयले एउटा वार्षिक पुरष्कार स्थापना गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा