
लन्डन । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा मनोनयन गरेको छ ।
कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञानप्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानून जस्ता विधामा उत्कृष्ट योगदान दिने विद्वानहरुलाई प्रदान गरिने उक्त फेलोसिप अक्सफोर्डका कलेजहरुले दिने सबैभन्दा ठूलो सम्मान हो । सो कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई उच्च सम्मान गर्दै उक्त मनोनयन गरिएको बताए ।
विश्व प्रसिद्ध लेखिका जे के राउलिंग, ब्रिटिश लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा जोन कुपÞmोउर, नेल्सन मण्डेला र डेसमोंड टुटुका वकिल सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, सर डेविड वारेन जस्ता मूर्धन्य व्यक्तित्वहरु अक्सफोर्डको उक्त कलेजका मानार्थ फेलो छन् ।
यस्ता प्रसिद्ध व्यक्तित्वहरुका माझमा आफूलाई पनि मानार्थ फेलो नियुक्त गरिएकोमा हर्षित र गौरवान्वित भएको प्रा सुवेदीले बताए ।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि प्राप्त गरेका प्रा सुवेदीको नाममा तीन वर्ष अघि उक्त विश्वविद्यालयले एउटा वार्षिक पुरष्कार स्थापना गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण