
लण्डन । विहीबार जुन १५ तारिखमा नेपाल र बेलायत सरकारबीच हुने गोरखा सैनिकहरूको समस्याबारे वार्ताको तयारीका लागि नेपाली दुताबासमा मंगलबार छलफल भएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुको जी १० का प्रतिनिधिहरू, गोरखाहरूलाइ समान अधिकारको माग गर्दै अनसन बसेका सत्याग्राहीहरू तथा वार्ता टोलीका सदस्यहरु सो छलफलमा सहभागी थिए ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र उपनियोग प्रमुख रोशन खनालसहित भएको सो छलफलमा आसन्न वार्ताका बारेमा छलफल भएको वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले जानकारी दिनुभयो ।
छलफलमा वार्तामा मेजर जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङसहित यसपटक ज्ञानराज राई पनि सहभागी हुने टुङ्गो लागेको छ भने वार्ता हुने दिनमा गोरखाहरूले बेलायती रक्षा मन्त्रालयबाहिर जनप्रदर्शन गर्ने भएका छन् । ‘जनप्रदर्शनले वार्तालाई सकारात्मक मोडमा लैजान सहयोग गर्ने विश्वासले यस्तो निर्णय गरिएको हो’ तामाङले भने ।
छलफलमा राजदुत आचार्यले वार्ताबाट सकारात्मक परिणाम निकाल्नतर्फ केन्द्रीत हुन आह्वान गरेका थिए ।
गोरखाहरूका समस्याका बारेमा छलफल गर्न गठित वार्ता टोलीको यसपटकको बैठक बेलायती रक्षा मन्त्रालयमा बिहान ११:३० बजेदेखि ३:३० बजेसम्म हुँदैछ ।
छलफलमा वार्ताकारहरू जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ, गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, ज्ञानराज राई, पुष्पा राणा घले, बिजीडब्ल्यूएसका मेजर रि टिकेन्द्र दल देवान, मेजर उदयबहादुर गुरुङ, यामबहादुर गुरुङ, केशबहादुर गुरुङ, प्रेमजंग शाही लगायत सहभागी थिए ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी