
लण्डन । विहीबार जुन १५ तारिखमा नेपाल र बेलायत सरकारबीच हुने गोरखा सैनिकहरूको समस्याबारे वार्ताको तयारीका लागि नेपाली दुताबासमा मंगलबार छलफल भएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुको जी १० का प्रतिनिधिहरू, गोरखाहरूलाइ समान अधिकारको माग गर्दै अनसन बसेका सत्याग्राहीहरू तथा वार्ता टोलीका सदस्यहरु सो छलफलमा सहभागी थिए ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र उपनियोग प्रमुख रोशन खनालसहित भएको सो छलफलमा आसन्न वार्ताका बारेमा छलफल भएको वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले जानकारी दिनुभयो ।
छलफलमा वार्तामा मेजर जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङसहित यसपटक ज्ञानराज राई पनि सहभागी हुने टुङ्गो लागेको छ भने वार्ता हुने दिनमा गोरखाहरूले बेलायती रक्षा मन्त्रालयबाहिर जनप्रदर्शन गर्ने भएका छन् । ‘जनप्रदर्शनले वार्तालाई सकारात्मक मोडमा लैजान सहयोग गर्ने विश्वासले यस्तो निर्णय गरिएको हो’ तामाङले भने ।
छलफलमा राजदुत आचार्यले वार्ताबाट सकारात्मक परिणाम निकाल्नतर्फ केन्द्रीत हुन आह्वान गरेका थिए ।
गोरखाहरूका समस्याका बारेमा छलफल गर्न गठित वार्ता टोलीको यसपटकको बैठक बेलायती रक्षा मन्त्रालयमा बिहान ११:३० बजेदेखि ३:३० बजेसम्म हुँदैछ ।
छलफलमा वार्ताकारहरू जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ, गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, ज्ञानराज राई, पुष्पा राणा घले, बिजीडब्ल्यूएसका मेजर रि टिकेन्द्र दल देवान, मेजर उदयबहादुर गुरुङ, यामबहादुर गुरुङ, केशबहादुर गुरुङ, प्रेमजंग शाही लगायत सहभागी थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा