
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीद्वारा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
नेकपा (एमाले)का सचिव समेत रहेका नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो ।
पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीमा रहेका रायमाझी प्रहरीलाई आफैँ उपस्थित हुने वचन दिएका थिए तर उनी पूर्व निर्धारित यात्रा तालिकाअनुसार काठमाडौँ नआई १० दिनदेखि लुक्दै बसिरहेका थिए ।
शुरुमा उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा लुकिरहेको आशंका गरिएको थियो । एमालेले उनलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ भने संसदमा उनले बिरामी बिदाका लागि वारिसमार्फत निवेदन दिएका छन् ।
उपरीक्षक कार्कीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”
रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ ।
सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी