
लण्डन । बेलायतका राजा चार्ल्स तृतीय र रानी कमिलाले बेलायतको वेष्टमिन्स्टर आबेमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिरिएका छन् ।
विश्वका करिब १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखहरुको उपस्थितिमा बेलायती राजाले कार्यकालको शुरुवात गरेका हुन् ।
आर्कविसप अफ क्यान्टरबरी जस्टिन वेब्लीले उनलाई मुकुट पहिर्याएका थिए भने नयाँ राजाले सपथ लिएका थिए ।
गत सेप्टेम्बरमा तत्कालिन महारानीको निधनपछि गद्दीमा आसिन नयाँ राजाको औपचारिक कार्यकाल भने अब शुरु भएको छ ।
शुभराज्याभिषेक हेर्न हजारौँ सर्वसाधारण केन्द्रीय लण्डनका सडकमा भेला भएका थिए भने हजारौँको संख्यामा सेनाको टोलीले मार्चपास गरेका थिए । राजसंस्थाका विरोध गर्ने एउटा समूहले भने लण्डनमै प्रदर्शन पनि गरेको थियो ।
औपचारिक रुपमा राज्यभिषेक भएपछि राजदरबारको बाल्कोनीबाट राजा र रानीले जनसाधारणलाई अभिवादन साटेका थिए भने कलाकारहरुले विशेष प्रस्तुति पनि दिएका थिए ।
बेलायतमा करिब सात दशकपछि भएको यस उत्सवलाई भव्यतापूर्वक मनाउन सोमबार पनि बिदा दिइएको छ भने ठूलो धनराशी पनि खर्च गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण