
लन्डन । एनआरएनए यूकेले गत ३० अप्रिल आइतबार गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित भएका छन् ।
अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म भएको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा तौल जांच, मानसिक स्वास्थ्य, पोषण, लागूऔषध तथा अल्कोहल लत छुटाउन परामर्श एवं समग्र स्वास्थ्य अवस्थाबारे सुझाव सल्लाह दिइएको कार्यक्रम संयोजक डा. विशाल गुरुङले जनाए ।
शिविरमा सहभागी भएका मानिसलाई चिकित्सक तथा नर्सहरुबाट जांच तथा परामर्श दिइएको थियो । डा. गुरुङले उच्च र कम ब्लड प्रेसर तथा ब्लड सुगरबारे परामर्श दिएका थिए ।
शिविरमा मानसिक स्वास्थ्य सम्बन्धी व्यावसायिक एनएचएस नर्स सुष्मा गुरुङले जानकारी दिंदै अन्तरक्रिया गरेकी थिइन् । उनी रसमोर बरोमा आफ्नो सामाजिक कार्यका कारण लोकप्रिय छिन् ।
त्यसैगरी, रसमोर हेल्दी लिभिङमा कार्यरत डाइटिसिएन तथा पोषणविज्ञ धिरज घले, जिआरएनसीमा विभिन्न प्रोजेक्ट चलाउने सोसल प्रिस्क्राइबर सुशीला मगर र लागू औषध र मदिरा नियन्त्रण सम्बन्धी काम गर्ने सोइग्नाले आ-आफ्नो क्षेत्रको दक्षता प्रस्तुत गरेका थिए ।
सामाजिक अभियन्ता तथा जीआरएनसी सल्लाहकार डमर घलेले प्रशासनिक काममा सघाएका थिए।
एनआरएनए यूकेले अंग्रेजी भाषा समस्या भएका वृद्धवृद्धाहरुलाई लक्षित गर्दै प्रत्येक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आउंदो २८ मेका दिन गोर्खा कपमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा स्थानीय एनएचएससंगको सहकार्यमा स्वास्थ्य शिविर हुन लागेको जानकारी दिंदै त्यसबाट लाभ लिन अपिल गरेका छन् ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती