
लन्डन । नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मंच बेलायतले ३० अप्रिल २०२३ आइतबारका दिन विभिन्न कार्यक्रमसहित मे डेको पूर्वसन्ध्यामा विश्व मजदुर दिवस मनाएको छ ।
बेलायतको अल्डरसटस्थित डी लाउन्ज रेष्टुरेन्टमा आइतबार आयोजित कार्यक्रम विशेष अतिथिहरु प्रदेश नं १ को योजना आयोगका पूर्व उपाध्यक्ष, नेकपा माओवादी केन्द्र प्रदेश १ सचिवालय सदस्य तथा केन्द्रीय अर्थ विभागका सदस्य डा पूर्ण लोक्सम र नेपली जनप्रगतिशील मंच बेलायतका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा युरोप समिति सचिव रण खाती क्षेत्री र कार्यक्रमका अध्यक्ष मान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त अवसरमा महान वीर शहीदहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विशेष अतिथि डा पूर्ण लोक्समले श्रमिक र गरिबलाई हेर्ने पार्टी माओवादी भएको र माओवादीले गर्दा नै अहिलेसम्म भएका परिवर्तन सम्भव भएको हो भने । उनले गोर्खा मुद्धाका लागि पहिले र अहिले पनि पार्टीको साथ रहेको भन्दै माओवादीका प्रगतिशील कामलाई सबैले साथ दिन आग्रह गरेका छन्।
त्यस्तै, शुभकामना मन्तब्यकै क्रममा अर्का विशेष अतिथि रण खाती क्षेत्रीले सुरुवातबाट अहिलेसम्म संगठनको उपलब्धि बारे सम्झँदै, प्रवास विशेष बेलायतमा बसेर राजनीति गर्नेको योग्यता र क्षमताको माओवादी पार्टीले गरेको सम्मानका कारण बेलायतका पूर्व इन्चार्ज पूर्ण लोक्सम र वासु मिश्रलाई दिइएको जिम्मेवारीले नै पार्टीको पृथकता र उदारता देखाउने कुरा उल्लेख गरे।
कार्यक्रममा वरिष्ठ लेखक तथा “तेप्लायु” कृतिका लागि स्व विमल स्मृति पुरस्कार २०७८ विजेता नरेश काङ्गमाङ् राईले पहिचान सहितको प्रदेश नामकरणका लागि माओवादी पार्टीको धारणा स्पष्ट हुन पर्ने र गोर्खाबारे आफ्नो भनाइ राख्दै बिबिध वर्गका श्रमिकहरुको लागि शुभकामना ब्यक्त गरे।
बरिष्ठ समाजसेवी व्यवसायी नेपाली जनप्रगतिशील मंच युकेका सल्लाहकार रिटायर्ड मेजर योगेश राईले पार्टीको सकारात्मक कार्यमा सहयोग गर्दै संगठन बलियो बनाउन आफू लागि परेको बताएका छन्। उनले गोर्खाहरुको न्याय हुनु नै श्रमिकको जीत हुने भएको भनेर आयोजित कार्यक्रममा संसार भरका मजदुरहरुलाई शुभकामना मात्रै दिएनन् कार्यक्रम आयोजनामा सहयोग साथै नगद स्पोन्सरसमेत गरेका थिए।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण