
लन्डन । गत आइतबार वुलविचमा आयोजना गरिएको ‘अर्को मुखर्जी सांगीतिक साँझ’ बाट खर्च कटाएर झन्डै साढे चार लाख रुपियाँ बचत भएको हेल्प नेपाल नेटवर्क युकेले जनाएको छ।
दि ट्रामसेड थियटर, वुलवीचमा आइतबार आयोजित सांगीतिक साँझमा चर्चित भारतीय गायक अर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए । उनले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका कालजयी गीत लगायत अन्य कोसेलीहरु प्रस्तुत गरेका थिए भने दाजुभाइ ब्याण्डका गायक अमित मगरले लोकप्रिय नेपाली गीतहरु सुनाएर दर्शकलाई नचाएका थिए।
कार्यक्रमको टिकट बिक्री तथा स्पन्सरशिपबाट ४,९०८ पौण्ड आम्दानी भएको हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए। उठेको रकमबाट अर्को मुखर्जीले सहयोग गरिरहेको कोलकातास्थित प्रियोनाथ मन्ना बस्ती कम्युनिटी किचेनको लागि एक हजार पौण्ड प्रदान गर्नुका साथै थियटरको भाडा लगायत कूल २,१५१ पौण्ड खर्च भएको उनले बताए। खर्च कटाएर बाँकी रहेको २,७५६ पौण्ड (झन्डै ४,४३,००० रुपियाँ) मा हेल्प नेपाल नेटवर्क युकेको कोषमा रहेको रकम थप गरेर रु पांच लाख हेल्प नेपाल बाल गृहको लागि पठाइने पनि उनले जनाए।
सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्। अध्यक्ष श्रेष्ठले प्रायोजक, स्वयंसेवी लगायत सम्पूर्ण दर्शकहरुलाई पनि हार्दिक धन्यवाद दिएका छन्।
“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ। नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
(तस्बिर: कुशल श्रेष्ठ)
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण