
लण्डन । पासा पुच गुथी लण्डनले ‘समकालिन बेलायती समाजमा नेवा:’ विषयमा सेमिनार आयोजना गरेको छ ।
सोआस युनिभर्सिटी अफ लण्डनमा आयोजित सो सेमिनारमा १२ वक्ताले आफ्नो प्रस्तुति दिएका थिए भने करिब ७० जना सहभागी थिए ।
कला र सँस्कृति, भाषा र परिकार, विज्ञान, इन्जिनियरिङ, प्रविधि तथा चिकित्सा तथा वित्त र उद्यमशीलता गरी चारवटा सत्रमा सो सेमिनार विभाजन गरिएको थियो ।
सेमिनारको मुख्यवक्तामा प्रोफेसर जेरार्ड टोफिन रहेका थिए । टोफिन फ्रान्सेली सामाजिक मानवशास्त्री हुन् । उनले नेपाल र नेवाका बारेमा अध्ययनमा विशेषज्ञता हासिल गरेका छन् ।
सेमिनार पास पुच गुथी युके लण्डनका महासचिव लिसा दली श्रेष्ठले स्वागत गरी शुरु भएको थियो । त्यसपछि अध्यक्ष रुक्मिणी मानन्धरले सम्बोधन गरेकी थिइन् । सेमिनारका संयोजक मधुसुधन कायस्थले सेमिनारको उद्देश्य माथि प्रकाश पार्नुका साथै सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
कला र सँस्कृति सत्रको अध्यक्षता संयुक्त श्रेष्ठले गरेका थिए । वक्ताहरूमा पत्रकार सुविना श्रेष्ठ, कलाकार सन्दीप तुलाधर, लेखक क्रिस्टिना चित्रकार रहेका थिए । भाषा र परिकार सत्रको अध्यक्षता प्रोफेसर डेभिड गेल्नरले गरेका थिए । सो सत्रका वक्ताहरूमा डा अलेक्जान्डर जेम्स ओनिल, डा उमा प्रधान, मारिलिना फ्रिसोन रहेका थिए ।
विज्ञान, इन्जिनियरिङ, प्रविधि र चिकित्सा सत्रको अध्यक्षता डा सचेतन तुलाधरले गरेका थिए भने वक्ताहरूमा दीपक श्रेष्ठ, डा कृषा मानन्धर, डा अनिल श्रेष्ठले प्रस्तुति दिएका थिए । चौथो सत्र वित्त तथा उद्यमशीलताको अध्यक्षता ओजेश सिंह डङ्गोलले गरेका थिए । सो सत्रमा प्रजेश श्रेष्ठ, सुरज कर्माचार्य, सुशील प्रजापतिले प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अन्त्यमा पासा पुच गुथी युकेका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष ओजेशसिंह डङ्गोलले धन्यवाद दिएका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण