
लण्डन । हडर्सफिल्ड युनिभर्सिटी र नेपाल बेलायत प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको सो सम्मेलनमा करिब ७० अध्येताहरू प्रत्यक्षरूपमा उपस्थित भएका थिए भने करिब २५ जना अनलाइनबाट सहभागी थिए ।
स्वास्थ्य, शिक्षा,जेन्डर, सामाजिक विकास, सँस्कृति अध्ययन, आप्रवासन, प्रकोपको तयारी लगायत विभिन्न विधामा करिब ५० वटा प्रस्तुति पेश गरिएको थियो । साथै नेपाली तथा हिमालयन स्टडिजका प्रोफेसर माइकल हटको कार्यको पनि सराहनास्वरुप एक सत्र चलाइएको थियो ।
हडर्सफिल्ड युनिभर्सिटीका एसोसियट डीन प्राध्यापक पदम सिम्खडाले सम्मेलनको आयोजना गर्न पाउनु हडर्सफिल्ड विश्वविद्यालयका लागि राम्रो अवसर भएको र सन् १९९२ पछि स्थापित विश्वविद्यालयहरूमा हडर्सफिल्ड यस्तो सम्मेलन आयोजना गर्ने पहिलो विश्वविद्यालय भएको बताउनुभयो ।
यो नेपालका बारेमा अनुसन्धान गरिरहेका अध्येता र प्राज्ञहरूका लागि आफ्ना अध्ययनको नतीजा सुनाउने र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रतिनिधिहरूसित प्रत्यक्षरूपमा नीति कार्यान्वयनका बारेमा अभिव्यक्त गर्न पाउने अवसर भएको प्राध्यापक सिम्खडाको भनाइ थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनमा सहभागी हुन पाउँदा खुशी लागेको र धेरै वटा प्रस्तुतिहरु नीतिसित सान्दर्भिक रहेको बताए । नेपाल सरकारले नीतिका लागि दिइएका सुझावलाई ग्रहण गर्ने उनले वचन दिए ।
सम्मेलनमा वक्ताका रूपमा डा सुसन आचार्य, प्रोफेसर तेजेन्द्र फेराली र प्रोफेसर साइमन रूस्टन रहेका थिए । रूस्टनले संघीयताबाट नेपालको स्वास्थ्य प्रणालीमा परेको असरका बारेमा गरिएको अनुसन्धानका बारेमा बताएका थिए भने फेरालीले नेपालको उच्च शिक्षामा राजनीति र आचार्यले स्वास्थ्य साक्षारता र कोभिड १९ बाट अन्तरपुस्ता सिकाइका बारेमा बताएकी थिइन् ।
यस्तै दुईवटा राउण्ड टेबल पनि चलाइएको थियो ।
ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा सारा पार्करले सम्मेलनमा विविधता र धेरै विषयमा प्रस्तुतिहरू देखेर आफूलाई खुशी लागेको बताइन् ।
आयोजक समितिका सदस्य डा राजिव साहले विश्वविद्यालयको स्कुल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजको सामर्थ्यका बारेमा प्रकाश पारे । ”हाम्रा प्राज्ञ र पीएचडी अनुसन्धाताहरूले मातृशिशु स्वास्थ्य र हेल्थ सिस्टम बारेको छलफललाई नेतृत्व गरेका छन्” उनले भने ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम