
लण्डन । नेपालकी सालक संरक्षणकर्मी तुल्सी लक्ष्मी सुवालले बेलायतको प्रतिष्ठित ह्वीट्ली अवार्ड प्राप्त गरेकी छिन् ।
ह्वीटली फन्ड फर नेचरले बुधबार राति बेलायतको राजधानी लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा आयोजित विशेष कार्यक्रममा सुवाललाई उक्त पुरस्कार प्रदान गरेको हो।
सुवाल १५ वर्षदेखि सालक संरक्षणमा सक्रिय छिन् । उनलाई ह्वीट्ली फन्ड फर नेचरकी संरक्षक बेलायतकी राजकुमारी आले ४० हजार पाउन्ड राशीसहित पुरस्कार प्रदान गरेकी थिइन्।
ह्वीट्ली फन्ड फर नेचरका ट्रस्टी सर डेभिड एटिनवरोले संरक्षणकर्मीहरूको खाँचो अहिले जति कहिले पनि महसूस नभएको बताएका छन्।
सालक विश्वमै सबैभन्दा धेरै चोरी शिकार हुने प्राणी हो। डढेलो र वन विनाशले सालक जोखिममा पर्दै आएको छ। सालकको वासस्थान जोगाउन संरक्षणका विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएकी सुवाल साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनकी संस्थापक समेत हुन्।
ह्वीट्ली फन्ड फर नेचरले अबको एक वर्ष सुवाललाई सामुदायिक सालक संरक्षण समूह खडा गरी सालकको निगरानी र वृक्षरोपण तथा डढेलो नियन्त्रणमा सघाउने छ। सो योजना अनुसार सुवालले बागमती प्रदेशको महाभारत पर्वत शृङ्खला आसपास २० हजार वृक्षरोपण गर्ने तथा समुदायमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्नेछिन्। सालकमा विद्यावारिधि गरेकी नेपालको पहिलो महिला संरक्षणकर्मी सुवाल आईयूसीएन प्यांगोलिन स्पेशलिस्ट ग्रूपकी सदस्य पनि हुन्।
सालकको वासस्थान जङ्गल जोगाउन वन डढेलो चुनौतीपूर्ण बन्दै गएको छ। नेपालमा बर्सेनि तीन हजार डढेलोका घटना हुने अनुमान छ जसको मुख्य कारण मानवीय क्रियाकलाप नै हो। एउटा सालकले एक वर्षमा सात करोड वटासम्म धमिरा र कमिला खाने भएकाले यसलाई किसानको साथी पनि भनिन्छ। खपटा हुने एक मात्र स्तनधारी प्राणी सालकलाई पछिल्लो दिनमा जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ।
ह्वीट्ली फन्ड फर नेचरले नेपालकी सुवाल सहित अन्य पाँच जनालाई पनि संरक्षण पुरस्कार प्रदान गरेको छ। पुरस्कृत हुनेमा मेक्सिकोकी पन्छी संरक्षणकर्मी युलिना बिडोला, मादागास्कारका प्रकृति संरक्षणकर्मी म्यामी राजाफिसाल्मा, क्यामरुनका प्राणीशास्त्री तथा सिंह संरक्षण अभियन्ता सर्जेए एलेक्सिस कामागाङ, काजखस्तानका मृग संरक्षक अल्बर्ट सालमगारेइभ, केन्याका मत्स्य संरक्षक लियोनार्दो अक्वाने छन्। त्यस्तै, ह्वीट्ली फन्ड फर नेचरले प्रत्येक वर्ष प्रदान गर्ने ह्वीट्ली गोल्ड अवार्डबाट सिभानी भल्ला पुरस्कृत भएकी छन्। पूर्व पुरस्कार विजेतामध्येबाट छानिने सो अवार्डको राशि एक लाख पाउन्ड छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा