
लण्डन । नेपालकी सालक संरक्षणकर्मी तुल्सी लक्ष्मी सुवालले बेलायतको प्रतिष्ठित ह्वीट्ली अवार्ड प्राप्त गरेकी छिन् ।
ह्वीटली फन्ड फर नेचरले बुधबार राति बेलायतको राजधानी लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा आयोजित विशेष कार्यक्रममा सुवाललाई उक्त पुरस्कार प्रदान गरेको हो।
सुवाल १५ वर्षदेखि सालक संरक्षणमा सक्रिय छिन् । उनलाई ह्वीट्ली फन्ड फर नेचरकी संरक्षक बेलायतकी राजकुमारी आले ४० हजार पाउन्ड राशीसहित पुरस्कार प्रदान गरेकी थिइन्।
ह्वीट्ली फन्ड फर नेचरका ट्रस्टी सर डेभिड एटिनवरोले संरक्षणकर्मीहरूको खाँचो अहिले जति कहिले पनि महसूस नभएको बताएका छन्।
सालक विश्वमै सबैभन्दा धेरै चोरी शिकार हुने प्राणी हो। डढेलो र वन विनाशले सालक जोखिममा पर्दै आएको छ। सालकको वासस्थान जोगाउन संरक्षणका विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएकी सुवाल साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनकी संस्थापक समेत हुन्।
ह्वीट्ली फन्ड फर नेचरले अबको एक वर्ष सुवाललाई सामुदायिक सालक संरक्षण समूह खडा गरी सालकको निगरानी र वृक्षरोपण तथा डढेलो नियन्त्रणमा सघाउने छ। सो योजना अनुसार सुवालले बागमती प्रदेशको महाभारत पर्वत शृङ्खला आसपास २० हजार वृक्षरोपण गर्ने तथा समुदायमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्नेछिन्। सालकमा विद्यावारिधि गरेकी नेपालको पहिलो महिला संरक्षणकर्मी सुवाल आईयूसीएन प्यांगोलिन स्पेशलिस्ट ग्रूपकी सदस्य पनि हुन्।
सालकको वासस्थान जङ्गल जोगाउन वन डढेलो चुनौतीपूर्ण बन्दै गएको छ। नेपालमा बर्सेनि तीन हजार डढेलोका घटना हुने अनुमान छ जसको मुख्य कारण मानवीय क्रियाकलाप नै हो। एउटा सालकले एक वर्षमा सात करोड वटासम्म धमिरा र कमिला खाने भएकाले यसलाई किसानको साथी पनि भनिन्छ। खपटा हुने एक मात्र स्तनधारी प्राणी सालकलाई पछिल्लो दिनमा जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ।
ह्वीट्ली फन्ड फर नेचरले नेपालकी सुवाल सहित अन्य पाँच जनालाई पनि संरक्षण पुरस्कार प्रदान गरेको छ। पुरस्कृत हुनेमा मेक्सिकोकी पन्छी संरक्षणकर्मी युलिना बिडोला, मादागास्कारका प्रकृति संरक्षणकर्मी म्यामी राजाफिसाल्मा, क्यामरुनका प्राणीशास्त्री तथा सिंह संरक्षण अभियन्ता सर्जेए एलेक्सिस कामागाङ, काजखस्तानका मृग संरक्षक अल्बर्ट सालमगारेइभ, केन्याका मत्स्य संरक्षक लियोनार्दो अक्वाने छन्। त्यस्तै, ह्वीट्ली फन्ड फर नेचरले प्रत्येक वर्ष प्रदान गर्ने ह्वीट्ली गोल्ड अवार्डबाट सिभानी भल्ला पुरस्कृत भएकी छन्। पूर्व पुरस्कार विजेतामध्येबाट छानिने सो अवार्डको राशि एक लाख पाउन्ड छ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण