
लण्डन । नेपाल र बेलायतबीच मैत्री सन्धि एक सय वर्ष पुगेको अवसरमा बेलायतको ब्रिटिश लाइब्रेरीमा विशेष प्रदर्शनी गरिएको छ ।
बेलायतको विदेश मन्त्रालय (फरेन, कमनवेल्थ तथा विकास कार्यालय) र नेपाली दुताबास लण्डनको संयुक्त आयोजनामा मंगलबार सो प्रदर्शनी आयोजना गरिएको थियो । सो प्रदर्शनीमा नेपाल र बेलायत सम्बन्धका बारेमा ऐतिहासिक कागजातहरु, तस्वीरहरु, पाण्डुलिपीहरु, हुलाक टिकटहरु र अरु ऐतिहासिक सामग्रीहरु राखिएका थिए ।
कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिले नेपाल बेलायतबीचको सम्बन्धको जग बसाएको बताउनुभयो । दुई देशबीचको सम्बन्ध अहिले विकास साझेदारी, व्यापार र लगानी, पर्यटन, डायस्पोरा, ब्रिटिश गोरखा र जनसम्बन्धको विभिन्न तहसम्म फैलिएको पौडेलले धारणा थियो ।
ब्रिटिश लाइब्रेरीले ऐतिहासिक पाण्डुलिपि, तस्वीरहरु संरक्षण, सम्बर्धन र डिजिटलाइज गरेकोमा सचिव पौडेलले धन्यवाद दिनुभयो ।
बेलायतका विदेश राज्यमन्त्री आन म्यारी ट्रेभलियनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताउनुभयो । उनले बेलायतले आउने दिनमा पनि नेपाललाई दीगो आर्थिक विकास र अल्पविकसित मुलुकबाट बाहिर निस्कनमा अझै सहयोग जारी राख्ने वचन दिनुभयो ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले र ब्रिटिश लाइब्रेरीका संकलन प्रमुख जेर्जेस माज्दाले पनि नेपाल बेलायत सम्बन्ध र ब्रिटिश लाइब्रेरी र नेपाली प्रतिष्ठानबीचको सम्बन्ध विस्तारका बारेमा बोल्नुभएको थियो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा