
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६७ औं बुद्ध जयन्ती मनाउने भएको छ ।
आउँदो मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेको विशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर जोन मार्स, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।
दुई चरणमा आयोजना गर्न लागिएको उक्त ५ मे शुक्रबार बिहान ८.३० देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका टुल्कु जिग्मे सामतेन र खेन्पो फुर्बा तेम्बाले बुद्ध शाक्यमुनी तथा गणचक्रको पूजा गर्ने भएको छ । त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिए । उनका अनुसार शुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने छ । त्यस्तै, हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेले सेतो तारा इम्पावरमेन्ट तथा बौद्ध शिक्षाबारे प्रवचन दिनेछन् ।
उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेका छन् । बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अन्त्यमा हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेले सहभागी भक्तजनहरुलाई इम्पावरमेन्टर तथा लङ्ग लाईफ, गुड फर्चुन एण्ड वीज्डमको अभिषेक (वाङ्ग) प्रदान गर्ने छ ।
सो कार्यक्रमका लागि प्रवेश शुल्कवापत २० पाउण्ड दस्तुर तोकिएको र उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राईट अनलाईनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले जानकारी गराए । उनले उक्त कार्यक्रमको महत्वलाई बुझेर युरोप र अमेरिकाबाट समेत थुप्रै भक्तजनहरुले अनलाईनमार्फत टिकट खरिद गरिरहेको हुनाले बेलायतवासी इच्छुक महानुभावहरुले जतिसक्दो छिटो आफ्ना सीट सुरक्षित राख्न अनुरोध गरेका छन् ।
बीसीसी युकेको बिशेष निमन्त्रणामा बेलायत आउन लागेका सेचेन रब्जम रिन्पोछेले शुक्रबार ५ मे का दिन बीसीसी युकेद्वारा अल्डरसट र बीसीसी युके लण्डन शाखाद्वारा शनिबार ६ मे का दिन फेल्थाममा आयोजना गर्न लागिएको बुद्धजयन्ती कार्यक्रममा बिशेष सहभागी जनाउने छन् । त्यस्तै, उनले बीसीसी युकेद्वारा आइतबार ७ मे का दिन अल्डरसट बीसीसी गुम्बामा मेडिटेशन हलको उद्घाटन, मेडिसिन तथा पोवा लुङ्ग र सोमबार मे ८ तारिकका दिन बीसीसी गुम्बामा बज्रसत्व इन्पावरमेन्ट टिचिङ्ग प्रदान गर्ने छ ।
करीब १ हप्ता बेलायत भ्रमणमा रहने हिज होलिनेश रब्जम रिन्पोछे १० मे का दिन स्वदेश फर्कने छन् भने मंगलबार ९ मे का दिन बीसीसी युकेले गिल्फोर्डमा बिशेष कार्यक्रमका साथ बिदाई गरिने संयोजक गुरुङले जानकारी दिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण