
लण्डन । बेलायतमा हडर्सफिल्ड विश्वविद्यालयमा नेपालका विभिन्न विषयमाथि चिन्तन गर्न अध्येताहरु जम्मा भएका छन् ।
सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन हुने नेपाल अध्ययन दिवसको अवसरमा उनीहरु जुटेका हुन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठान र हडर्सफिल्ड विश्वविद्यालयको स्कूल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेको हो ।
अनलाइनबाट र प्रत्यक्ष उपस्थितिमा अध्येताहरुले विमर्श गर्ने सो कार्यक्रममा करिब १२५ अध्येताहरुको विभिन्न विषयमा ५५ वटा प्रस्तुतिहरु रहनेछन् । जसमा महामारी र स्वास्थ्य प्रणाली, मर्यादित महिनावारी र महिला अधिकार, नेपालको स्वास्थ्य समस्या, पाको पुस्ता, मातृशिशु स्वास्थ्य, जेण्डर, प्रोफेसर माइकल हटको प्राज्ञिक कार्यको सम्झना, सामाजिक विकास, आप्रवासन र नेपाल फ्यामिली कोहोर्ट बारेको अध्ययन, मर्यादा र स्वतन्त्रता, नेपालमा ज्ञान उत्पादन र जोखिमयुक्त प्रकोप अनुसन्धानमा सहकार्य खण्डमा अध्येताहरुले आफ्ना अध्ययन प्रस्तुत गर्नेछन र सहभागीहरुले प्रश्न गर्ने अवसर पाउने छन् ।
कार्यक्रममा चारवटा प्लेनरी सेसन पनि राखिएको छ । नेपालमा उच्चशिक्षामा अवसर र चुनौती, संघीयता र त्यसले नेपालको स्वास्थ्यप्रणालीमा पारेको प्रभाव, नेपालमा हेल्थकेयर अनुसन्धानमा तत्कालिक विषय र चुनौतीहरु, स्वास्थ्य साक्षारता र महामारीमा अन्तरपुस्ता सिकाइमा ती प्लेनरी सेसन चल्नेछन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नेपालबारे अनुसन्धान गर्ने अध्येताहरुलाई लक्षीत गरी नेपाल अध्ययन दिवस मनाउँदै आएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण