
लण्डन । बेलायतमा हडर्सफिल्ड विश्वविद्यालयमा नेपालका विभिन्न विषयमाथि चिन्तन गर्न अध्येताहरु जम्मा भएका छन् ।
सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन हुने नेपाल अध्ययन दिवसको अवसरमा उनीहरु जुटेका हुन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठान र हडर्सफिल्ड विश्वविद्यालयको स्कूल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेको हो ।
अनलाइनबाट र प्रत्यक्ष उपस्थितिमा अध्येताहरुले विमर्श गर्ने सो कार्यक्रममा करिब १२५ अध्येताहरुको विभिन्न विषयमा ५५ वटा प्रस्तुतिहरु रहनेछन् । जसमा महामारी र स्वास्थ्य प्रणाली, मर्यादित महिनावारी र महिला अधिकार, नेपालको स्वास्थ्य समस्या, पाको पुस्ता, मातृशिशु स्वास्थ्य, जेण्डर, प्रोफेसर माइकल हटको प्राज्ञिक कार्यको सम्झना, सामाजिक विकास, आप्रवासन र नेपाल फ्यामिली कोहोर्ट बारेको अध्ययन, मर्यादा र स्वतन्त्रता, नेपालमा ज्ञान उत्पादन र जोखिमयुक्त प्रकोप अनुसन्धानमा सहकार्य खण्डमा अध्येताहरुले आफ्ना अध्ययन प्रस्तुत गर्नेछन र सहभागीहरुले प्रश्न गर्ने अवसर पाउने छन् ।
कार्यक्रममा चारवटा प्लेनरी सेसन पनि राखिएको छ । नेपालमा उच्चशिक्षामा अवसर र चुनौती, संघीयता र त्यसले नेपालको स्वास्थ्यप्रणालीमा पारेको प्रभाव, नेपालमा हेल्थकेयर अनुसन्धानमा तत्कालिक विषय र चुनौतीहरु, स्वास्थ्य साक्षारता र महामारीमा अन्तरपुस्ता सिकाइमा ती प्लेनरी सेसन चल्नेछन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नेपालबारे अनुसन्धान गर्ने अध्येताहरुलाई लक्षीत गरी नेपाल अध्ययन दिवस मनाउँदै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा