
लण्डन । बेलायतले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएको छ ।
यसअघि अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता ल्याउन थालिसकेका छन् ।
बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई हटाएको र बेलायती नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको आइतबार बताउनुभएको छ ।
क्लेभरलीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेख्नुभएको छ, “विदेशी कूटनीतिज्ञहरूमाथि बढ्दो धम्कीका कारण बेलायतले सुडानबाट दूतावासका कर्मचारीहरूलाई हटाएको छ । हाम्रो उच्च प्राथमिकता बेलायती नागरिकको सुरक्षा हो । सुडानमा भइरहेको रक्तपात अन्त्य का लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन हामी अहोरात्र खटिरहेका छौं ।”
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताउनुभएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’