
काठमाडौँ । विदेशमा रहेर पनि नेपाली साहित्यमा योगदान गरिरहनुभएकी कवयित्री माया गुरुङका दुई कविता सङ्ग्रह सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत शाखाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलगायत साहित्यकारले ‘ऐना’ र ‘बाको जुत्ता’ कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । कवयित्री गुरुङले बेलायतमै बसेर साहित्य सृजना गर्दै आउनुभएको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा प्रमुख आयुक्त गुरुङ, प्रा डा गोविन्दमानसिंह कार्की, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,डा सुरेन्द्र केसी, वरिष्ठ कलाकार शर्मिला गुरुङ, साहित्यिक पत्रकार राधेश्याम लेकालीलगायतले विदेशमा रहेर पनि मायाले नेपाली साहित्यमा गर्नुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । दुवै कृतिमा करिब तीन/तीन दर्जन कविता समावेश गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’