
काठमाडौँ । विदेशमा रहेर पनि नेपाली साहित्यमा योगदान गरिरहनुभएकी कवयित्री माया गुरुङका दुई कविता सङ्ग्रह सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत शाखाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलगायत साहित्यकारले ‘ऐना’ र ‘बाको जुत्ता’ कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । कवयित्री गुरुङले बेलायतमै बसेर साहित्य सृजना गर्दै आउनुभएको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा प्रमुख आयुक्त गुरुङ, प्रा डा गोविन्दमानसिंह कार्की, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,डा सुरेन्द्र केसी, वरिष्ठ कलाकार शर्मिला गुरुङ, साहित्यिक पत्रकार राधेश्याम लेकालीलगायतले विदेशमा रहेर पनि मायाले नेपाली साहित्यमा गर्नुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । दुवै कृतिमा करिब तीन/तीन दर्जन कविता समावेश गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण