
काठमाडौँ । नेपाल र संयुक्त अधिराज्य बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को छैटौँ बैठक यही वैशाख १३ गते (२६ अप्रिल, २०२३) मा लण्डनमा हुने भएको छ ।
बैठकमा विकास साझेदारी र जलवायु सहयोग, व्यापार तथा लगानी, शिक्षा, पर्यटन र दुई देशका जनताबीचको सम्बन्ध, ब्रिटिश गोर्खालगायत नेपाल–बेलायत संलग्नताका विविध क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा नेपाल सरकारका वरिष्ठ अधिकारीसमेत रहनुहुनेछ । यो वर्ष नेपाल र बेलायतबीचको मैत्रीसन्धिको शताब्दी पूरा भएको छ । भ्रमणका दौरान परराष्ट्र सचिव पौड्याल अन्य औपचारिक भेटघाट तथा कार्यक्रममा पनि संलग्न हुनुहुने मन्त्रालयले जनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’