
पाटन । बेलायतको अतिप्रतिष्ठित ‘भिक्टोरिया क्रस’ विजेता एक मात्र जीवित गोरखा सैनिक क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ ।
८७ वर्षीय लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो ।
लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो । झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका लिम्बूको स्वास्थ्य अवस्था ठीक नभएपछि उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको विगत तीन महिनादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
लिम्बूको अन्त्येष्टी दमकमा गरिने उहाँका छोराले जानकारी दिनुभयो ।
दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकोप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उहाँ मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
काठमाडौँमा उहाँको शब नखिपोटस्थित घरमा राखी शुभेच्छुकहरुलाई श्रद्धाञ्जलि दिने मौका दिइने भएको छ । तत्पश्चात झापा लगिने छ ।
लिम्बूको श्रीमती र दुई छोरा रहेका छन् । उनका जेठा छोराको भने बेलायतमा केही वर्षअघि नै निधन भइसकेको छ ।
लिम्बूको निधनमा बेलायती दुताबास र ब्रिगेड अफ गोर्खाजले पनि समवेदना व्यक्त गरेको छ । साथै उनको शब झापा लैजान हेलिकोप्टर चार्टर गर्ने ब्यवस्था पनि गर्न चासो देखाएको छ । उनको उपचारका लागि एक नर्सको व्यवस्था पनि गोरखा वेल्फेयरले गरेको थियो ।
लिम्बूको मृत्युसँगै अब भिक्टोरिया क्रस पाउने गोरखाहरु सबै दिवंगत भएका छन् । विभिन्न विश्वयुद्ध र क्षेत्रीय युद्धमा गरी १३ जना गोरखाहरुले भिक्टोरिया क्रस पाएका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण