
लण्डन । बेलायतका राजा चार्ल्स तृतीयको शुभराज्याभिषेकमा सहभागी हुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायत आउनुहुने भएको छ ।
मेको ६ तारिखमा लण्डनको वेष्टमिनिष्टर आबेमा हुने सो राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति पौडेल बेलायत आउन लाग्नुभएको हो । पौडेलको बेलायत भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक घोषणा गरिसकेको छैन । तथापि लण्डनस्थित नेपाली राजदुताबास स्रोतले राष्ट्रपतिको प्रस्तावित बेलायतको भ्रमणका बारेमा जानकार रहेको बताएको छ ।
करिब एक महिनाअघि मात्र राष्ट्रपति पदमा बहाली हुनुभएका पौडेलको यो पहिलो विदेश भ्रमण हुने छ भने नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि बेलायतको भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यसअघि सन् २००३ मा तत्कालिन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायतको भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा बेलायतको भ्रमण गरेका थिए भने स्वर्गीय राजा महेन्द्रले सन् १९६० मा । गणतन्त्र आएपछि भने राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी दुवैको कार्यकालमा बेलायतको भ्रमण हुन सकेन ।
यसअघि बेलायती बडामहारानी एलिजावेथ द्वितियाको अन्त्येष्ठीमा पनि नेपालबाट राष्ट्रप्रमुखको सहभागिता भएको थिएन । तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको प्रतिनिधित्व गरेका थिए ।
करिब दुई हजार अतिथि बोलाइएको राजा चार्ल्सको शुभराज्याभिषेक बेलायतमा धुमधामका साथ मनाउने तयारी गरिएको छ । सो कार्यका लागि करिब १०० मिलियन पाउण्ड खर्च गरिने आँकलन गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण