
लन्डन । आईएमई लन्डनले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विशेष योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले पैसा पठाउँदा उत्कृष्ट सटही दर (एक्सचेञ्ज रेट) पाउने छन् । यो सटही दर अहिले पैसा पठाउँदा उपलब्ध हुने सबैभन्दा उत्कृष्ट दर भएको दाबी आइएई लण्डनको छ ।
आइएमई लण्डनले बेलायतमा बसोबासरत ग्राहकहरुलाई विश्वभर जुनसुकै स्थानमा पनि पैसा स्थानान्तरण गर्न सेवा प्रदान गर्दै आएको छ । विभिन्न अवसर र चाडपर्वहरुमा यसले ग्राहकहरुका लागि विशिष्ट अफरहरु ल्याउँदै आएको छ ।
हाल आइएमई लण्डनले भाग्यशाली ग्राहकहरुलाई आइफोन तथा विभिन्न उपहारहरु दिने योजना पनि सञ्चालन गरिरहेको छ ।
आइएमई लण्डन बेलायतमा दर्ता भएको तथा बेलायतको हिज म्याजेस्टी रेभेन्यू एण्ड कस्टम्स (एचएमआरसी) र फाइनान्सियल कण्डक्ट अथोरिटी (एफसिए) बाट नियमन भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि बेलायतबासी ग्राहकरुलाई पैसा हस्तान्तरण सेवा उपलब्ध गराउँदै आएको छ ।
यसको मुख्य कार्यालय पेन्टेक्स हाउस साउथ ह्यारो लण्डनमा छ भने थप जानकारी वेभसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट आइएमईलण्डन डटको डट युकेबाट पनि प्राप्त हुने छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण