लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)युकेको प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्याय चयन हुनुभएको छ ।
आइतबार बसेको ओएनएफ युके कार्यसमिति पूर्ण बैठकले सर्वसम्मत रुपमा उपाध्यायलाई प्रमुख सल्लाहकारमा चयन गरेको हो ।
अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकमा डा. उपाध्यायलाई प्रमुख सल्लाहकार बनाउन प्रस्ताव गरिएकोमा सबैले समर्थन गरेका थिए । वाम आन्दोलनकर्मी तथा सामाजिक अभियन्ता डा. उपाध्याय नेपालको विसं २०३६/ २०३७ सालदेखि विद्यार्थी आन्दोलन हुँदै मानव अधिकारको क्षेत्रमा रास्ट्रिय अन्तर्रास्ट्रिय सङ्ठनहरुमा रहेर काम गरिसकेका छन् ।
नेपाल, थाइल्यान्ड, बेलायत तथा नर्वेलगायत मुलुकहरुमा काम गरेका उनले लन्डन विश्वविद्यालयको स्कुल अब ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस) बाट अन्तर्रास्ट्रिय मानवीय कानुन र नेपालको माओवादी आन्दोलनमा विध्यावारिधी र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबाट मानव अधिकारमा एमए गरेका छन् ।
नेपालमा रहँदा राजनीतिमा सकृय उपाध्याय बेलायत आएपछि केही समय सकृयतापूर्वक सामाजिक काममा लागेका थिए । गैरआवासिय नेपाली अभियानमा समेत नेतृत्वदायी भूमिकामा बसेका डा. उपाध्याय एनआरएन युकेको प्रथम निर्वाचित महासचिव हुन् । डा. उपाध्याय हाल स्वतन्त्र परामर्शदाताको रुपमा पनि काम गरिरहेका छन् ।
राजनीतिमा अराजकता, संस्कृति शून्य र उत्तरदायित्वविहीन भैरहेका यस अवस्थामा सबैले आफ्नो रुचि अनुसारका सङ्ठनमा बसेर योगदान गर्नुको विकल्प सकिएको धारणा उनले राख्ने गरेका छन् ।
नेपालको २०६२/ २०६३ सालको जनआन्दोलनमा बेलायतस्थित राजनीतिक दलहरुको भातृ संस्थाहरु तथा सामाजिक संघसंस्थाहरुलाई समेटेर सोलिडारिटी युके नामक संस्था गठन गरी प्रवासबाट समेत नेपालमा प्रजातन्त्र स्थापनाका लागि दबाब दिइएको जसको नेतत्व डा. उपाध्यायले गरेका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण