बेलायत । किरात राई यायोख्या बेलायतले एकताका लागि संयमित बन्न र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सम्बन्धित सबैमा आह्वान गरेको छ ।
अध्यक्ष मेजर योगेश राईले आज एक विज्ञप्ति जारी गर्दै किराया बेलायतमा असहमत रहेका सबैलाई लक्षीत गरी सो आग्रह गरेका हुन् ।
किराया बेलायत, किराया नेपालको १९ विदेश संगठनहरुमध्ये एक भातृ संंगठन भएको र बेलायतबासी सबै राई बन्धुहरुमा किरात राई एकतामा प्रतिवद्ध रहेर संस्थागत बिधि विधान तथा वैधानिक प्रक्रियालाई अवलम्बन गरी समाज र समुदायको हितको पक्षमा आवद्ध हुँदै भ्रामक प्रचारबाजीबाट टाढा रहन विज्ञप्तिमा अपिल गरिएको छ ।
सन् २००४ मा स्थापित किराया बेलायत स्थापनाकालदेखि नै किरात राईहरुको साझा उद्देश्य प्राप्तीको लागि कटिवद्ध रहेको र बेलायतबासी किरात राईहरुलाई तटस्थ बसेर हैन सहीलाई समर्थन र गलतलाई खबरदारी गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।
वार्ता र छलफलको विभिन्न प्रयत्नहरुलाई बेवास्ता गर्दै सीमित समूहले किरात राई एकतामा खलल पर्ने गरी किरात राई यायोक्खा बेलायतको नाममा विभिन्न कार्यक्रम र प्रचारबाजी गरिनु भ्रमपूर्ण रहेको र त्यस्ता कार्य बेलायतबासी किरात राई समुदायको हितमा नरहेकोतर्फ विज्ञप्तिमा सचेत बनाइएको छ । असन्तुष्ट समूहको मागलाई सम्बोधन गर्ने पहिलो कर्तब्य संस्थापन पक्षको नै रहेको र दर्जनाँै प्रयत्नहरु गरिएकोमा त्यसलाई बेवास्ता गरिएको पनि विज्ञप्तिमा आरोप लगाइएको दुखद छ ।
किरात धर्म र संस्कारको प्रमुख प्रतीक तथा आस्था तीनचुलालाई नमान्ने तथा विश्वभरिका किरात राईहरुको आस्थाको संगठन किरात राई यायोक्खा नेपाललाई नमान्ने जस्ता असान्दर्भिक प्रसंगहरु किरात राई यायोक्खा बेलायतलाई कदापी मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा एकताको विशाल फन्कोमा एउटै तालमा र शिलीका एउटै चालहरुमा नाचेर यसवर्षको साकेला चाड मनाउन पनि आह्वान गरिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा