
लण्डन । बेलायतले शरणार्थीका लागि आवेदन दिएका आप्रवासीहरूलाई अस्थायी रूपमा प्रयोगमा नरेहेको सैन्य अखडामा राख्ने बताएको छ ।
होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा प्रयोगमा नरहेका सैन्य अखडामा राख्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताउनुभएको हो ।
उहाँले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’शिविरमा पुनः स्थापित ब्यारेक भवन र पोर्टेबल भवनहरूमा ‘हजारौं’शरण चाहनेहरूलाई राख्ने सरकारको योजना रहेको सांसदहरूलाई बताउनुभयो ।
दक्षिणपूर्वी इङ्ल्यान्डको इस्ट ससेक्समा निजी जग्गामा छुट्टै स्थल पनि प्रयोग गरिने जेनरिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले होटल आवासका लागि वार्षिक २.३ अर्ब पाउन्ड (२.८ अर्ब अमेरिकी डलर) को बिल घटाउने उद्देश्यले ‘आप्रवासीहरूलाई पानीजहाजमा राख्ने सम्भावना’पनि खोजी गरिरहेको छ ।”
प्रधानमन्त्री ऋषि सुनकले इङ्लिस च्यानलबाट अवैधरूपमा बेलायत प्रवेश रोक्नु आफ्नो प्राथमिकतामध्येको एउटा कार्यक्रम बताउनुभएको थियो । जेनरिकले खतरनाक यात्रा गर्नेहरूको लागि होटल आवासको सम्भावना एक आकर्षण भएको बताउनु भएको थियो ।
“यी होटलहरूले समुदायबाट बहुमूल्य सम्पत्ति लिन्छन् र स्थानीय सार्वजनिक सेवाहरूमा दबाब दिन्छन्,” उहाँले सांसदहरूसँग भन्नुभयो । “हामीले अवैध आप्रवासीहरूको अधिकार र कल्याणलाई बेलायती जनताभन्दा माथि उठाउनु हुँदैन,”उहाँले भन्नुभयो ।
“आप्रवासीहरूका लागि आवासले उनीहरूको आवश्यक जीवनको आवश्यकताहरू पूरा गर्नुपर्दछ र अरू केही होइन, किनकि हामी विस्थापित भएका लाखौं मानिसहरूका लागि चुम्बक बन्ने जोखिम लिन सक्दैनौं र राम्रो आर्थिक सम्भावनाको खोजी गरिरहेका छौं,” मन्त्री जेनरिकले भन्नुभयो ।
तर यी योजनाहरूले परोपकारी संस्थाहरूको विरोधको सामना गर्नुपरेको छ, जसले आवासलाई ‘एकदम अपर्याप्त’ भनेका छन्, र लेबर पार्टीको छायाँ गृहमन्त्री भेट कूपरले प्रस्तावहरूलाई ‘असफलताको स्वीकारोक्ति’ भएको दावी गर्नुभएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’