
लण्डन । बेलायतले शरणार्थीका लागि आवेदन दिएका आप्रवासीहरूलाई अस्थायी रूपमा प्रयोगमा नरेहेको सैन्य अखडामा राख्ने बताएको छ ।
होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा प्रयोगमा नरहेका सैन्य अखडामा राख्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताउनुभएको हो ।
उहाँले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’शिविरमा पुनः स्थापित ब्यारेक भवन र पोर्टेबल भवनहरूमा ‘हजारौं’शरण चाहनेहरूलाई राख्ने सरकारको योजना रहेको सांसदहरूलाई बताउनुभयो ।
दक्षिणपूर्वी इङ्ल्यान्डको इस्ट ससेक्समा निजी जग्गामा छुट्टै स्थल पनि प्रयोग गरिने जेनरिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले होटल आवासका लागि वार्षिक २.३ अर्ब पाउन्ड (२.८ अर्ब अमेरिकी डलर) को बिल घटाउने उद्देश्यले ‘आप्रवासीहरूलाई पानीजहाजमा राख्ने सम्भावना’पनि खोजी गरिरहेको छ ।”
प्रधानमन्त्री ऋषि सुनकले इङ्लिस च्यानलबाट अवैधरूपमा बेलायत प्रवेश रोक्नु आफ्नो प्राथमिकतामध्येको एउटा कार्यक्रम बताउनुभएको थियो । जेनरिकले खतरनाक यात्रा गर्नेहरूको लागि होटल आवासको सम्भावना एक आकर्षण भएको बताउनु भएको थियो ।
“यी होटलहरूले समुदायबाट बहुमूल्य सम्पत्ति लिन्छन् र स्थानीय सार्वजनिक सेवाहरूमा दबाब दिन्छन्,” उहाँले सांसदहरूसँग भन्नुभयो । “हामीले अवैध आप्रवासीहरूको अधिकार र कल्याणलाई बेलायती जनताभन्दा माथि उठाउनु हुँदैन,”उहाँले भन्नुभयो ।
“आप्रवासीहरूका लागि आवासले उनीहरूको आवश्यक जीवनको आवश्यकताहरू पूरा गर्नुपर्दछ र अरू केही होइन, किनकि हामी विस्थापित भएका लाखौं मानिसहरूका लागि चुम्बक बन्ने जोखिम लिन सक्दैनौं र राम्रो आर्थिक सम्भावनाको खोजी गरिरहेका छौं,” मन्त्री जेनरिकले भन्नुभयो ।
तर यी योजनाहरूले परोपकारी संस्थाहरूको विरोधको सामना गर्नुपरेको छ, जसले आवासलाई ‘एकदम अपर्याप्त’ भनेका छन्, र लेबर पार्टीको छायाँ गृहमन्त्री भेट कूपरले प्रस्तावहरूलाई ‘असफलताको स्वीकारोक्ति’ भएको दावी गर्नुभएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण