
लण्डन । बेलायतमा एसियाली मूलका राजनीतिज्ञहरूले प्रभावशाली स्थान पाउने क्रम बढ्दो छ । दक्षिण एशियाली मूलका ऋषि सुनक केही महिनाअघि मात्र बेलायतको प्रधानमन्त्री बनेका थिए भने अब बेलायतको भौगोलिक रूपमा सबैभन्दा ठूलो राज्य स्कटल्याण्डको पहिलो मन्त्री पाकिस्तानी मूलका हम्जा युसुफ बन्ने भएका छन् । यसअघि नै पाकिस्तानी मुलका सादिक खान लण्डनको दोस्रो कार्यकाल मेयर सम्हाल्दै छन्।
सोमबार घोषणा भएको स्कटल्याण्डको सत्तारूढ स्कटिश न्यानशलिष्ट पार्टीको नयाँ नेताको चुनावी परिणाममा युसुफले प्रतिस्पर्धीहरूलाई उछिन्दै नयाँ नेता बनेका हुन् । हालमा स्कटल्याण्डको स्वास्थ्य मन्त्री रहेको युसुफले दोस्रो चरणको चुनावमा २६ हजार ३२ मत पाए । जुन कुल सदर मतको ५२.१ प्रतिशत हुन आउँछ । उनका प्रमुख प्रतिस्पर्धी केट फोर्ब्सले २३ हजार ८९० मत पाइन् । अर्को प्रतिस्पर्धी आस रेगन पहिलो चरणमा ५ हजार ५९९ मत पाएर बाहिरिइन् ।
अब ३७ वर्षीय युसुफ स्कटल्याण्टको नयाँ प्रथम मन्त्री बन्ने छन् । उनी स्कटल्याण्डको पहिलो मुस्लिम प्रथम मन्त्री हुनेछन् । स्कटिश संसदमा स्कटिश न्याशनालिष्ट पार्टीको प्रचण्ड बहुमत रहेको छ ।
पार्टीकी नेता तथा प्रथम मन्त्री निकोला स्टरजनले केही साताअघि अचानक पदबाट राजिनामा दिने घोषणा गरेपछि नयाँ नेता छान्नु परेको हो ।
युसुफका पिता सन् १९६० को दशकमा पाकिस्तानबाट स्कटल्याण्ड आएका थिए । उनकी आमा भने केन्यामा जन्मेकी हुन् । उनकी श्रीमती पनि स्थानीय निकायमा काउन्सिलर रहेकी छिन् ।
ग्लास्गो विश्वविद्यालयबाट राजनीतिशास्त्र अध्ययन गरेका युसुफ सन् २०११ मा पहिलोपटक स्कटिश संसदमा चुनिएका थिए । त्यसयता उनले विभिन्न मन्त्रालय सम्हाल्दै आएका छन् ।
उनी निवर्तमान मुख्य मन्त्री निकोला स्टरजन निकट मानिन्छन् ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम